Wednesday, May 31, 2023

बाआमासँग छोराछोरी कार्यक्रम

तारकेश्वर । नुवाकोटको तारकेश्वर गाउँपालिकाले बाआमासँग छोराछोरी कार्यक्रम ल्याउने भएको छ । तारकेश्वर गाउँपालिकाको वडा नम्बर १ मा आयोजित वडाअध्यक्षसँग शिक्षक कार्यक्रममा बोल्दै गाउँपालिकाका शिव अधिकारीले आगामी आ.व. २०८०/०८१ को नीति, कार्यक्रममा ‘अभिभावकसँग छोराछोरी’ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
    उनले बाआमासँग छोराछोरी कार्यक्रममा अभिभावक र छोराछोरीसँगै राखेर विज्ञहरुबाट प्रशिक्षण र परामर्शका लगायतका कामहरू समावेश गरिने बताए । शिक्षाको गुणस्तर सुधारका लागि भइरहेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिँदै अधिकारीले आगामी बजेटमा ‘अभिभावकसँग छोराछोरी’ कार्यक्रम समेट्ने योजना सुनाए । अधिकारीले बालबालिकाको सिकाइ र समग्र विकासमा विद्यालयको मात्र नभई अभिभावकको पनि उत्तिकै भूमिका हुने भएकाले अभिभावकलाई प्रशिक्षण र परामर्श दिन लागिएको अध्यक्ष बताए ।

No comments:

Post a Comment