Monday, May 15, 2023

४० जनाले लिए सीपमूलक तालिम


तालिममा सहभागिहरु


विदुर । बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश युवा परिषद् जिल्ला युवा समिति नुवाकोटबाट ४० जनाले सीपमूलक तालिम लिएका छन् ।

बेरोजगारलाई आत्मनिर्भर गर्ने बनाउने उदेश्यले समितिले सञ्चालन गरेको तालिमबाट प्रारम्भिक बाल शिक्षा तथा विकास (मन्टेश्वरी)मा २० जना र सिलाई कटाईमा २० जना महिलाले सीपमूलक तालिम प्राप्त गरेका हुन् । समितिले गत वर्षको चैत १८ गतेदेखि वैशाख २५ गतेसम्म ६५ दिन सञ्चालन गरेको तालिममा नुवाकोट, रसुवा र धादिङका महिलाले लाभ लिएको समितिका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए । 

कार्यक्रममा विदुरका मेयर राजन श्रेष्ठ, विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लिलानाथ न्यौपाने, ४ नम्बरका अध्यक्ष निलमबाबु ढुंगेल, सचेतना केन्द्रका प्रमुख यमकुमार खाती लगायतले तालिमपछि प्रशिक्षार्थीहरूले आफ्नो व्यवहारमा लागू गरी आत्मनिर्भर हुनुपर्ने बताए । नयाँ विधि र प्रविधिको विकाससँगै शिक्षण सिकाईमा सुधार ल्याउन शिक्षण सिकाईलाई जोड दिदै समितिले मन्टेश्वरी तालिमले गुणस्तरीय शिक्षा प्रदान गर्न र र स्वरोजगार तथा व्यवसायीक प्रबद्र्धनको लागि सिलाई कटाई तालिमको आयोजना गरिएको समितिले जनाएको छ ।

कान्तिपुर बहुप्राविधिक शिक्षालयका प्रशिक्षकद्वय सुजना खतिवडा र पार्वती अधिकारीले सहजीकरण गरेको तालिममा पिपलटारको चन्द्रज्योति माध्यमिक विद्यालयमा मन्टेश्वरी र विदुरको सचेतना केन्द्रमा सिलाई कटाई सञ्चालन भएको थिए ।

No comments:

Post a Comment