Wednesday, May 31, 2023

दुर्गम गाउँमा तीनवटा एम्बुलेन्स


एम्बुलेन्स हस्तान्तरण गर्दै सांसद तामाङ

विदुर । बागमती प्रदेशका सांसद राधिका तामाङमार्फत नुवाकोट जिल्लालाई ३ वटा एम्बुलेन्स प्राप्त भएको छ ।
    सांसद तामाङको पहलमा प्रदेश पुर्वाधार विकास कार्यक्रम (संसद विकास कोष) मार्फत नुवाकोटको शिवपुरी, दुप्चेश्वर र पञ्चकन्या गाँउपालिकालाई एम्बुलेन्स प्राप्त भएको छ ।
    तीन वटा एम्बुलेन्स मध्ये पञ्चकन्या र दुप्चेश्वरमा उपलब्ध भैसकेको । शिवपुरीमा उपलब्ध हुने प्रक्रियामा रहेको सांसद तामाङले बताए । दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर २ मा एम्बुलेन्स हस्तान्तरण गर्दै सांसद तामाङले दुर्गम गाउँका नागरिकहरूको सहजताको लागी आफुले गर्न‘पर्ने कामहरू अझै बाँकी रहेकाले नागरिकहरूकै सेवामा रहने प्रतिबद्धता जनाए ।
    पुर्व कृषि राज्यमन्त्री एवं बागमती प्रदेशका पुर्व उपसभामुख समेत रहेका तामाङले एम्बुलेन्स प्राप्तिपछि नुवाकोटका दुर्गम गाउँका नागरिकलाई केही सहज हुने आशा गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।

No comments:

Post a Comment