Wednesday, May 31, 2023

फुटबलका २४ प्रशिक्षक तयार

विदुर । नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा चार दिने फुटबल प्रशिक्षक तालिम सम्पन्न भएको छ । गएको सोमबारदेखि सुरु भएको तालिममा एक महिला र २३ पुरुषले तालिम लिएका छन् ।
    तालिममा नुवाकोट जिल्लाका १८ जना, अन्य जिल्लाका ५ जना र कंगो देशका १ जना खेलाडी गरी २४ जना फुटबलका रेफ्री, खेलाडी, विद्यालयका खेलकुद प्रशिक्षक तथा शिक्षकहरूको सहभागिता थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहकार्यमा २४ जनाले फुटबल प्रशिक्षक तालिम लिएको एन्फा नुवाकोटका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए । प्रशिक्षक बन्ने पहिलो खुड्किलाको समुदायस्तरीय प्रशिक्षण जिल्लामा पहिलोपटक तालिम आयोजना गरिएको अध्यक्ष चित्रकारले बताए ।
    समापन कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुंगेलले जिल्लाको फुटबल विकास र एन्फा भवन निर्माणमा वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जिल्लामा व्यावसायिक खेलाडी उत्पादनमा तालिमले टेवा पु¥याउने बताए । प्रशिक्षणमा एन्फा बागमती प्रदेश समितिका प्रमुख चेतनारायण श्रेष्ठ र एन्फा प्रशिक्षक तालिमका प्रमुख संजित सिंहले सहजीकरण गरेका थिए । खेलाडी र प्रशिक्षकका लागि शारीरिक अभ्यास मात्र नभई मनोविज्ञान, संस्कृति, मौसमलगायतका विषयमा तालिम दिईएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए ।
    तालिमपश्चात् प्रशिक्षार्थीले समुदाय र विद्यालयका १४ वर्ष उमेर समूह सम्मका खेलाडीहरूलाई प्रशिक्षण दिन पाउने छन् । विद्यालय र सामुदायिक बालबालिकाले उचित र सही मार्गदर्शन पाउने र दीर्घकालीन रुपमा जिल्ला र देशकै खेलकुदमा प्रभाव पार्ने नुवाकोट एन्फाले अपेक्षा लिएको छ ।

No comments:

Post a Comment