Wednesday, May 31, 2023

पञ्चकन्याले गर्यो सार्वजनिक सुनुवाई

सार्वजनिक सुनुवाई कार्यक्रम

घलेभञ्याङ्ग । पञ्चकन्या गाउँपालिकाले शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
    गाउँपालिकाले सम्पन्न गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर (रमेश) तामाङले बताए । कार्यक्रममा अध्यक्ष तामाङले गाउँपालिकामै आगामी आवको कार्यक्रममा मालपोतसम्बन्धि भू–सेवा र नागरिकता सम्बन्धि सेवा प्रवाहको लागि पहल गरिने बताए । गाउँपालिका क्षेत्रमा रहेको सहकारीले आर्थिक तथा कृषिमलमा मनोमानी गरेको सुनिएतापनि लिखितरुपमा उजुरी निवेदन दिएमा उक्त सहकारी खारेज समेत गरिने अध्यक्ष तामाङले बताए ।
    गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागि गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राममणि काफ्लेले बताएका छन् ।
    कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाव दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमला केसी, जनप्रतिनिधी, पत्रकार, सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment