![]() |
क्यान नुवाकोटका अध्यक्ष पवन नेपाल रक्तदान गर्दै । |
बट्टार । कम्प्युटर एसोसिएसन नेपाल महासंघ नुवाकोटको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा क्यान नुवाकोटको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
बट्टारमा भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेको क्यान महासंघ नुवाकोटका अध्यक्ष पवन नेपालले जानकारी दिए । उनका अनुसार २ महिला र ३२ पुरुषले रक्तदान गरेका थिए ।
रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग र बल्ड अन रिक्वेस्ट इन नुवाकोटको समन्वयमा भएको हो । कार्यक्रममा रक्त सञ्चार केन्द्रकी प्रमुख लक्ष्मी श्रेष्ठले रक्तदान दानपछिको प्राप्ति नभएर मानविय सहयोगी भावना र आफ्नो स्वास्थ्य स्वस्थ्य राख्नको लागि गरिने भएकोले नियमित रुपमा रक्तदान गर्नुपर्ने बताईन् ।
सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने नाराका साथ सरकार र निजी क्षेत्रले संयुक्त रूपमा सञ्चार तथा सूचना प्रविधि दिवस मनाउन लागेको छ । हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकोमा नेपालमा निजी र सरकारी दुवै तवरबाट सञ्चार तथा सूचना प्रविधि दिवस मनाउइँदै आईरहेको छ ।
No comments:
Post a Comment