![]() |
डा. महत |
दुप्चेश्वर । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राजस्व उठ्ने थोरै भएकाले सरकारसँग ठूलो अपेक्षा नराख्न आग्रह गरेका छन् । ‘हामीसँग राजस्वको हुने आम्दानी यो साल थोरै छ । त्यो आम्दानीलाई देशैभरि पु-याउनुपर्ने हुन्छ’, मन्त्री महतले भने, ‘स्रोत समस्याको बावजुत जे सम्भव हुन्छ, मबाट हुने काम रोकिँदैन ।’
दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको शनिबार मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आफू अप्ठ्यारो परिस्थितिमा मन्त्री बने पनि जनताका समस्या सम्बोधनमा क्रियाशील रहेको बताए । ‘हाम्रो अगाडि जनताको सेवा गर्न‘भन्दा अन्य उद्देश्य छैन,’ उनले भने, ‘जनताको विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीका आवश्यकता पूर्तितर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ ।’ गुम्बा र मूर्ति निर्माणले यस क्षेत्रको सांस्कृति विकासलाई जगेर्ना हुने उनले बताए ।
गुरु पद्मसम्भव १ हजार २ सय वर्षअगाडि तपस्या गरेर तिब्बत र नेपाल प्रसिद्ध बनेको र उनले सिकाएको पाठले मानवीय जीवनपयोगी रहेको मन्त्री महतले बताए । उनले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब भने काम सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्ने बताए । दुप्चेश्वर–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित ‘गुरु पद्मसम्भव’ मूर्तिको प्राण प्रतिस्थापन गर्दै उनले बुद्धपछिको बुद्ध भगवान्का रुपमा सम्मानित भगवान् पद्मा सम्भवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा सहयोग पुग्ने बताए । ‘दण्ड–जरिवाना गराउने कानुनभन्दा नैतिकवान बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौं’ उनले भने, ‘हजारौँ वर्षदेखि एकअर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छौं । हाम्रो महान धर्म, संस्कृति र सिकाएको पाठको नतिजा हो ।’
एक हजार दुईसय वर्षअघि बुद्ध धर्मको प्रचारमा तिब्बत र नेपाली भूमिमा योगदान पु¥याउनुभएका ‘गुरु पद्मसम्भव’लाई बौद्ध धर्मालम्वीले बौद्ध पछिको बौद्ध भगवान्को अवतारका रुपमा पुज्ने गरेका छन् । उनले सिकाइको पाठलाई अनुशरण गर्दै बौद्ध दर्शन अध्ययन केन्द्रका रुपमा छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसम्भव’को मूर्ति प्रतिस्थापन गरिएको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार योविन्द्रसिंह तामाङले जानकारी दिए ।
एक हजार दुई सय वर्षअघि बुद्धधर्मको प्रचारका लागि विशेष गरेर तिव्बत र नेपाली भूमिमा समेत योगदान पु¥याउनुभएका ‘गुरु पद्मसम्भव’लाई बौद्ध धर्मावलम्बीले सिद्धार्थ गौतम बुद्धपछिको ‘दोस्रो ठूलो भगवान्’को अवतारका रूपमा पुज्ने गरेका छन् । बेतिनीस्थित नाम्सापुरानमा करिब १० रोपनी जग्गामा फैलिएको ‘गुरु पद्मसंभव’को मूर्ति निर्माणका लागि ७० लाख २० हजार रुपैयाँ लगानी भएकाले अझै थप व्यवस्थित बनाउन बाँकी रहेको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार योविन्द्रसिंह तामाङले बताए । उनका अनुसार दुप्चेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारमार्फत करिब ३८ लाख रुपैयाँ प्राप्त भएको र बाँकी ३२ लाख रुपैयाँ भन्दा बढी रकम स्थानीयवासीले चन्दा संकलन गरेर मूर्ति निर्माण गरिएको हो । ‘बेतिनीका छ सयभन्दा बढी घरधुरीको साझा सम्पदाका रूपमा निर्माण गरिएको पद्मसंभवको मूर्ति नै यस क्षेत्रको पहिलो र बौद्धमार्गीको एकमात्र आस्थाको केन्द्र हो’, दुप्चेश्वर गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहनुभएका उनले भने, ‘पद्मसंभवको मूर्तिसँगै अब प्राचीन तथा ऐतिहासिक इतिहास बोकेको यहाँको छेवाङ ग्लान ङारछ्यालिङ गुम्बाको निर्माण गर्दै बौद्ध दर्शन अध्ययन केन्द्रको स्थापना गर्ने लक्ष्य छ ।’
उक्त स्थान नजिकै कुण्ड र डम्फूपार्कको समेत स्थापना गरिएकाले धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मुबिन्द्रसिंह तामाङले बताए । बुद्ध जयन्ती पर्वका अवसर बनाई विशेष पूजाआरधनासहित निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापनमा बौद्धगुरु प्रमुख लामा डोल्पु गुम्चेन रिन्पोछेसहित नौ जना लामा गुरुबाट बुम्पा, छोक छ्याङ, बुन्छु, रिल्बु, दादर गर्दै वाङ (प्रसाद र दीर्घायुको कामना) वितरण गरिएको थियो । तीन दिनसम्म पूजा सञ्चालन भएको थियो ।
उक्त समारोहमा शनिबारसम्म पाँच हजार बौद्धमार्गीको सहभागिता रहेको गुम्बाका प्रमुख लामा पासाङ लामाले जानकारी दिए । जिल्लाको विकट र तामाङ–शेर्पा समुदायको बसोबास रहेको उक्त स्थानसम्म पुग्न सडक यातायातको पहुँच कमजोर भएकाले पद्मसंभवको मूर्ति प्राण प्रतिस्थापन गर्न शनिबार अर्थमन्त्री डा. प्रकाशरण महत हेलिकोप्टर मार्फत कार्यक्रम स्थलमा पुगेका थिए ।
त्यस क्रममा बोल्दै उनले सरकारले शिक्षा र पूर्वाधार क्षेत्रमा प्राथमिकतामा राखेको बताउँदै काठमाडौंबाट प्रदेश सरकारको लगानीमा खोलेगाउँ–महाकाली–बेतिनी जोडेर पक्की बाटो बनाइने बताए । त्यसैगरी समुन्द्रटार–गोल्फुभन्ज्याङ र ढिकुरेदेखि समुन्द्रटारसम्मको कालोपत्र काम अगाडि बढाइने आश्वासन पनि दिए । अर्थमन्त्री प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका हुन् । ‘नुवाकोट सहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको परिकल्पना गरिएकाले कार्यान्वयनमा लैजान लागिएको हो ।’ उनले भने, ‘कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन के–कति सकिन्छ आगामी आर्थिक वर्षमा बजेट तर्ज‘मा गर्न लागिएको छ । यसलाई कार्य प्रारम्भका रुपमा लिनुपर्छ ।’
संघीय सरकार आगामी आर्थिक वर्षको तयारीमा रहेकाले उत्पादक र ठूला योजनाका क्षेत्रमा बजेटले प्राथमिकता पाउने नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतको भनाइ छ । ‘विकास निर्माणलाई कांग्रेसले सदैव प्रथामिकता दिँदै आएको छ । जनताको सुखदुःख, विकास निर्माण, धर्म र संस्कृति तथा मानवीय जीवनसँग जोडिएका पक्षमा काम गर्दै आइरहेको छु, उनले भने, ‘अहिले अर्थतन्त्र अप्ठ्यारो परिस्थितिको भएकाले धेरै अपेक्षा नराख्न तर, राम्रा र नमुना कामको थालनी हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।’
No comments:
Post a Comment