Wednesday, May 31, 2023

रालुका स्वास्थ्य चौकीमा प्रसूती केन्द्र

प्रसूती केन्द्र (वर्थिङ सेन्टर) उद्घाटन कार्यक्रम

खरानीटार । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर २ स्थित रालुका स्वास्थ्य चौकी प्रसूती केन्द्र (वर्थिङ सेन्टर) उद्घाटन भएको छ । शनिबार एक समारोहबीच तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले प्रसूती केन्द्र उद्घाटन गरेका हुन् ।
    कार्यक्रममा तादी गाउँपालिका उपाध्य सञ्जु प्याकुरेल, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, स्वास्थ्य संयोजक विनोदराज खरेल, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिती र रालुकावासीको समेत उपस्थिति थियो ।
    वर्थिङ सेन्टर सञ्चालनपश्चात् समग्र रालुकावासी प्रत्यक्ष लाभान्वित हुनुको साथै गुणस्तरीय मातृत्व सेवामा पहुँच र आधारभूत मातृ तथा शिशु स्याहारमा समेत विशेष सेवा उपलब्ध हुने गाउँपालिका अध्यक्ष तामाङले अपेक्षा राखेका छन् ।

No comments:

Post a Comment