Wednesday, May 31, 2023

कृषि मन्त्रिसँग किसानको डेलीगेशन


कृषि मन्त्रीसंग ककनीका कृषकहरु ।

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) नुवाकोटको  अगुवाईमा स्ट्रवरी नुवाकोट ककनीका किसान र कृषि मन्त्रि बेदुराम भुषालबीच भेटघाट सम्पन्न भएको छ ।
    नुवाकोट जिल्लाको रमणीय स्थान ककनी गाउँपालीका स्थित ककनी काउलेथानका किसानहरूले कृषि मन्त्रि बेदुराम भुषाललाई भेटी आफ्नो गुनासो पोखेका हुन् । मन्त्रालयमा करिब एक घण्टा भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो ।
    नेपालको एकमात्र स्ट्रवरीको सफल खेती हुने स्थान ककनीमा विगत ३० वर्ष देखिी स्थानीय किसानहरूले स्ट्रवरी खेती गर्दै आईरहेका छन् । करीब ५०० घरधुरीले प्रत्यक्ष रोजगार पाएको उक्त खेतीमा वर्षेनी करोडौं लगानी हुने गरेको छ भने बजारीकरणको अभाव र मुल्य नपाउँदा बर्षेनी लगानी जोखिममा पर्ने गरेको छ ।
    सबै भन्दा उतकृष्ट स्ट्रवरी उत्पादन हुने उक्त क्षेत्रलाई विगतमा स्ट्रवरी पकेट क्षेत्रको रुपमा सरकारले विभिन्न सुविधा दिएको भएता पनी विगत १० वर्षदेखी पकेट क्षेत्र हटाईएको छ । जसका कारण सरकारले दिने प्राविधिक सहयोग तथा अनुदान बाट कृषक बञ्चित हुनुका साथै स्ट्रवरीले बजार नपाएर बारीमै कुहिने स्थिती आएको छ । हाल बालाजुबाट ककनी हुँदै नुवाकोट जाने पासाङल्हानु राजमार्ग निर्माण सम्पन्न नभई अलपत्र परेकोले हुँदा स्ट्रवरीलाई बजार सम्म लैजान अझै कठिन भएको कुरा किसानका प्रतिनिधि शिवकुमार लामाले मन्त्रीलाई जानकारी गराए ।
    डेलिगेशनमा रहेका किसान तेजबहादुर लामाले समयमा मल किन्न नपाईने र पाए पनि महंगोमा मल किन्नु पर्ने, बिरुवाहरू सहज रुपमा नपाईने, टनेल निर्माण गरी उत्पादन गर्न नसक्दा असिना पानीले नष्ट गर्ने, बल्ल तल्ल हुकाएको ‘स्ट्रपस् निस्’ भण्डारणको अभावमा बजारमा पुग्नु पहिले नै कुहीने समस्या किसानहरूले भोग्नु परेको बताए । किसान रुपा लामाले ककनीको बाटो र स्ट्रवरी खेतीको प्रबवर्धनको विषय ककनीको जनताको उन्नतीसँग जोडिएको विषय भएको हुँदा सोको तत्काल सम्बोधन हुनुपर्ने बताए ।
    कृषि मन्त्री बेदुराम भुषालले स्ट्रवरी खेतीको लागी चाहिने प्राविधिक सहयोग, सरकारी अनुदानको आवश्यकता, पकेट क्षेत्र घोषणा, मलको सहजता, कृषि एम्बुलेन्सको सञ्चालन लगायतका विषयमा आफुले सक्दो पहल गर्ने र सोको लागी परे किसानको प्रतिनिधि समेत समावेश भएको कार्यदल बनाई आवश्यक नीति तय गर्ने प्रतिवद्धता जनाएका छन् । मलको सहजताको लागी प्रत्येक जिल्लाबाट कृषियोग्य जमिनको तथ्यांक नै गलत ढंगले आउने गरेको हुँदा मलको आयात कृषि योग्य जमिनको तथ्यांकमा भर पर्ने बताए । यस बर्षको लागी पाँच लाख बोरा मल आयात गर्ने तयारी रहेको र सो मल कृषि क्षेत्रमा मात्र प्रयोग हुँदा पर्याप्त हुने तर प्लाईउड कारखाना तथा माछापालकहरूले समेत प्रयोग गरिदने हुँदा खेतबारीमा हाल्ने मल अपुग हुन जान्छ भन्ने जानकारी गराए । सरकारले ८५ प्रतिशत अनुदानमा ल्याएको मल अन्यत्र प्रयोग हुँदा समस्या आउने गरेको र सरकारले यसको नियमनको लागी आवश्यक कार्य गर्ने तयारी गरेको बताए ।
    नुवाकोट जिल्लाका पुर्व सांसद तथा नेकपा (एकिकृत समाजवादी) का पोलिटब्युरो सदस्य राजेन्द्रप्रकाश लोहनी, केन्द्रीय निर्वाचन आयोगका सदस्य अधिवक्ता बसन्त बस्नेत, बिदुर नपाका पुर्व जनप्रतिनिधि तथा प्रदेश सदस्य राजु सडौला, सम्पर्क मञ्चका अध्यक्ष राजु कँडेल, जिल्ला नेताहरू राममणी अधिकारी र प्रकाश नेपाल, नारायण गुरुङ लगायतका नेताहरू उक्त छलफलमा सहभागी थिए । यस अघि अवरुद्ध भईरहेको ककनी हुने नुवाकोट तथा केरुङ जाने पासाङल्हामु राजमार्ग तत्काल निर्माणको लागी पहल गर्न भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई समेत नुवाकोटको एकिकृत समाजवादी पार्टीले अनुरोध गरिसकेको छ ।

No comments:

Post a Comment