Monday, May 15, 2023

दुई घर आगलागीमा परे

चोकदे । सूर्यगढी गाउँपालिका ४ दार्मेको तिमिल्सिना टोलमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । स्थानीय हेमप्रसाद तिमिल्सिना र एककृष्ण तिमिल्सिनाको घरमा आगलागी भएको वडाध्यक्ष रामशरण राईले जानकारी दिए । 

उनीहरूको धनमाल, जस्तापाता, लत्ताकपडा र घर निर्माण गर्न राखिएको काठपात समेत आगलागीमा परेको वडाध्यक्ष राईले बताए । आगलागीमा कुनै मानवीय क्षति भने नभएको र क्षतिको विवरण लिने कार्य भएको उनले बताए । 

आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष राईले बताए । नजिकै सामुदायिक वनमा समेत आगलागी भइरहेको उनले बताएका छन् ।

No comments:

Post a Comment