![]() |
तामिल समापन समारोह |
लिखु । जिल्लामा बैदेशिक रोजगारीमा गएकाहरूका लागि स्वदेश फिर्ता ल्याउनर स्वदेश फिर्ता भएकाहरूका लागि स्वदेशमा नै रोजगारी अवसर दिई बिदेश जानबाट रोक्न खासै कार्यक्रम र श्रोतको विनियोजन तथा खर्च नगरेको गुनासो आइरहँदा लिखु गाउँपालिकाले बैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरूका लागि उद्यमशिलता प्रबद्र्धनः ब्यवसायिक विकास तथा बित्तीय साक्षरता सम्बन्धी ५ दिने तालिम सम्पन्न गरेको छ ।
जेठ १ गतेदेखि ५ गते सम्म सञ्चालन भएको तालिम कार्यक्रममा विभिन्न बिदेशी मुलुकबाट नेपाल फर्किएका लिखु गाउँपालिकावडा नं. १, २ र ३ का कूल ३७ ब्यक्तिहरूको सहभागिता रहेको थियो । लिखु गाउपालिका, रोजगार सेवाकेन्द्रको आयोजनामा बैदेशिक रोजगारीबाट फर्किएका ब्यक्तिका लागि पुनः एकिकरण कार्यक्रम अन्तर्गत सञ्चालित उद्घाटन समारोह निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामिछानेको सभापतित्वमा सम्पन्न भएको गाउपालिकाको उपाध्यक्षतथा बैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिका लागि पुनः एकिकरण कार्यक्रमका कार्यान्वयन समितिका संयोजक शुभद्राअधिकारी (उप्रेती) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सम्बन्धित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू समेतको समुपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै बिदेशको तातो भूमीमा जोखिमयुक्त कार्य गरी प्यारो मातृभूमीलाई सम्झेर आएका ब्यक्तिहरूका लागि स्वदेशमा आम्दानीका ब्यवसायहरूमा लाग्नका लागि प्रेरित गराउनका लागि यस प्रकारको तालिम आयोजना गरिएकोले सबैलाई आफ्नै मातृभूमीमा आफ्नो पौरख र पसिनालाई सदुपयोग गरी समग्र लिखु गाउपालिकामा उत्पादन र रोजगारी श्रृजना गर्नका लागि अनुरोध गरेका थिए ।
५ दिने तालिमको कार्यक्रमको समापनको क्रममा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । तालिम प्राप्त सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै अध्यक्ष श्रेष्ठले गाउँगाउँमा यस प्रकारका तालिम प्राप्त गर्नु लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रुपमा लिदै यस प्रकारको सहयोग सुरुवाती चरणको कार्यक्रम मात्र रहेको जानकारी गराए । आफु र पालिकालाई आत्मनिर्भर र समृद्ध गराउनका लागि बिदेशमा प्राप्त अनुभवलाई सदुपयोग गर्दै ब्यवसायलाई सानो ठुलो होइन त्यसलाई सम्मानपूर्वक अवलम्बन गर्दै स्वाभिमानलाई उच्च राख्नको लागि हौसला प्रदान गरे । उद्यमी, ब्यवसायी र आम नागरिकहरूको सेवामा जनप्रतिनिधिहरूको सदैव साथ र सहयोग रहेन प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । गाउँपालिकामा औद्योगिक ग्राम तथा अन्य औद्योगिक पूर्वाधारका विकासले स्थापित उद्योग ब्यवसायको भविष्य राम्रो रहेको उनले बताएका छन् । अनुत्पादक क्षेत्रमा खर्च गर्नुभन्दा उत्पादन क्षेत्रमा खर्च गरेर कृषि तथा उद्योगको विकासमा जोड दिदै आत्मनिर्भर बन्न सबै तहमा जागरुकता आबश्यक रहेको श्रेष्ठले बताएका छन् ।
निमित्ति प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामिछानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीहरू मध्येबाट बोल्दै बिरेन्द्र उप्रेतीले तालिम निकै
उपयोगी भएको र यस प्रकारका तालिमले बैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि आफ्नै मातृभूमीमा केही गर्ने उत्प्रेरणा जगाएको बताए । उनले ५ दिनको क्रममा धेरै ज्ञान हासिल गर्ने मौका मिलेको बताए । अर्का सहभागी शान्ता तामाङ्गले पनि यस तालिममा सिकेका सीप तथा ज्ञानको बिषयमा चर्चा गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा अध्यक्षको तर्फबाट वडा नं. २ का अभ्यक्ष प्रेमबहादुर थापा र वडा नं. १ का अध्यक्ष नरहरि पाण्डेले समापन मन्तब्य राख्दै तालिममा प्राप्त भएका ज्ञानलाई ब्यवसायमा उतार्न र प्राप्त भएका अनुदानको सही सदुपयोग गर्न अनुरोध गर्दै भविष्यमा पर्न सक्ने समस्याको सामाधानका लागि सदैव साथ र सहयोग रहने प्रण रेका छन् ।
तालिममा सहभागीहरूलाई प्रशिक्षक पुष्कर शर्मा रिमाल तथा रचना पण्डितले सहजिकरण गरेका थिए । तालिम पश्चात सहभागीहरूले पालिकामा नै केही न केही ब्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता सहित सबैले आ–आफ्नै ब्यवसायको ब्यवसायिक योजनाहरू पेश गरेका छन् । पेश गरिएको ब्यवसायिक योजना अन्तर्गत बाख्रापालनमा १६ जना, कुखुरा पालनका लागि १० जना, बंगुपालनका लागि ४ जना, यातायात सम्बद्ध ब्यवसायका लागि २ जना, फर्निचर ब्यवसाय, होटल ब्यवसाय, तरकारी खेती, माछा पालन र टेलरिङ ब्यवसायका लागि १÷१ जनाको ब्यवसायिक लक्ष्य राखिएको छ । आफ्नो तालिमको सन्दर्भमा उपस्थित सहभागीहरूले बैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरू सम्लग्न रहेको बैदेशिक रिटर्नी नमूना कृषि सहकारी संस्था लिमिटेड गठन गर्ने प्रस्ताव समेत गरेका छन् ।
आफ्नै भूमीमा ब्यवसाय गर्न चाहने तालिम प्राप्त जनशक्तिलाई ब्यवसायिक योजना अनुसार प्रति ब्यवसाय ४३ हजार रुपैयाँसम्म ब्यवसायिक अनुदानप्रदान गर्ने आयोजकले जनाएका छन् । गाउँपालिकाले प्रकाशित सूचनाका आधारमा बैदेशिक रोजगारीबाट फर्केका २६० जनाले आवेदन दिई सूचीकृत भएकोमा यस बर्ष कूल ६० जना रिटर्नीहरूलाई दुई चरणमा यस प्रकारको तालिम तथा ब्यवसायिक अनुदान उपलब्ध गराउने आयोजकले जनाएको छ । लिखु गाउपालिकाको ३० प्रतिशत र बैदेशिक रोजगार बोर्डका सचिवालयको ७० प्रतिशत साझेदारीमा पुनः एकिकरण कार्यक्रम सञ्चालनमा आएको रोजगार सेवा केन्द्रका रोजगार संयोजक खिमाकुमारी सुवेदीले बताएका छन् ।
No comments:
Post a Comment