![]() |
शिक्षकहरुको संयुक्त विज्ञप्ती |
खरानीटार । आफ्ना मागहरू पुरा नभएको भन्दै आन्दोलनमा उत्रिएका सामुदायिक विद्यालयमा शिक्षकहरूले आइतवार गरेको विद्यालय बन्द समुदायस्तरमा आलोचित मात्रै भएको छैन, स्थानीय सरकारलाई लिखित जवाफ दिनुपर्ने कानूनी काम समेत सृजना भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आब्हानमा देशैभर आइतवार समुदायिक विद्यलायहरू बन्द गरिएको थियो । नुवाकोटमा समेत विभन्न पाँच राजनीतिक दलसंग नजिक रहेको शिक्षकहरूको भातृ संस्थाले विज्ञप्ती जारी गरेर सामुदायिक विद्यालय बन्दको आब्हान गरेका थिए ।
तर, नुवाकोटको एक स्थानीय सरकारले भने मनलाग्दी रुपमा विद्यालय बन्द गरेर बन्द हड्तालमा उत्रिएका प्रधानाध्यापकहरूसंग लिखित जवाफ मागेको छ । नुवाकोटको तादी गाउँपालिकाले आफ्नो मातहतमा रहेको सामुदायिक विद्यालयहरू आइतवार बिना कारण बन्द भएको भन्दै स्पष्टिकरण सोधेको हो । सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले दुई दिन भित्र चित्त बुझ्दो कारण लिखित रुपमा देखाउन सूचना जारी गरेको छ ।
गाउँपालिकाले आइतवार सार्वजनिक गरेको पत्रमा लेखिएको छ ‘तादी गाउँपालिका अन्र्तगत सञ्चालित अधिकांश विद्यालयहरू स्थानीय सरकारको विना स्विकृति आइतवार बन्द रहेको पाइएकोले के कत्ति कारणले विद्यालयहरू बन्द गर्नुपरेको हो चित्त बुझ्दो जनवाफ सहित दुई दिन भित्र लिखित रुपमा गाउँपालिकामा अनिवार्य रुपमा स्पष्टिकरण पेश गर्नुुहन अनुरोध गरिन्छ ।’
पेशाको ग्यारेन्टी, तलवमान कायम लगायतका माग राख्दै नुवाकोटमा क्रियाशिल शिक्षक, कर्मचारीका पेशागत घटकहरूले आइतवार जिल्लाका सम्पुर्ण सामुदायिक विद्यालय बन्दको आब्हान गरेका थिए । सोही आब्हानालाई मान्दै जिल्लाका प्रायः सामुदायिक विन्दाहरू आइतवार बन्द भए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आइतवार विद्यालय बन्द रहेको पाइएमा जागिर खाइदिने चेतनावनी शनिवार नै िदएका थिए । जसले गर्दा शनिवार देखिनै शिक्षकहरूको उक्त आन्दोलन विवादित देखिएको थियो । विद्यालय नै बन्द गराएर शिक्षकहरू आन्दोलनमा उत्रनु अशोभनिय भन्दै समुदायस्तरमा नकारात्मक टिप्पणी भएको छ ।
No comments:
Post a Comment