बेलकोटगढी । बेलकोटगढी नगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको छ । बुधबार साँझ भु उपयोग परिषद्ले नगरपालिकाभित्रको जग्गाको कित्ताकाट र अंशबण्डा खुलाउने निर्णय गरेको मालपोत कार्यालय नुवाकोटका प्रमुख होमनाथ सेढाईले जानकारी दिएका छन् ।
संघीय सरकारले भू–उपयोग ऐन जारी गरेसगैं रोकिएको जग्गाको कित्ताकाट बेलकोटगढी नगरपालिकामा अब खुला भएको हो । मालपोत कार्यालयलाई प्राप्त निर्णयपत्रका अनुसार बेलकोटगढीको जग्गा वर्गीकरण विस्तृतमा उल्लेख भएसगैँ कित्ताकाट खुला भएको जानकारीको पत्र बुधबार पठाइएको सेढाइँले बताए ।
पालिकाभित्रका जग्गाको कित्ताकाट खुला हुँदा नागरिकलाई राहत भएको नगर प्रमुख जगतबहादुर गुरुङले बताएका छन् । कित्ताकाट नखुलेका कारण घरजग्गा कारोबारको काम रोकिएको थियो । यसघि नुवाकोटका १२ स्थानीय तहमध्ये विदुर नगरपालिका, किस्पाङ र म्यागङ गाउँपालिकाले जग्गा वर्गीकरण गरेका थिए । भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्रालयले गत जेठ २३ गते राजपत्रमा भूउपयोग नियमावली, २०७९ जारी गर्दै जग्गा वर्गीकरण पश्चात मात्रै खुला हुने भन्दै कित्ताकाट बन्द गरेको थियो ।
भू–उपयोग नियमावली अनुसार जग्गालाई मुख्यतः कृषि क्षेत्र र गैह्र कृषि क्षेत्रमा विभाजन गर्न‘पर्छ । गैह्र कृषि क्षेत्रअन्तर्गत आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला–ताल तथा सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताको आधारमा तोकिने अन्य क्षेत्र भनेर कूल दश समूहसम्म वर्गीकरण गर्न पाइने उल्लेख छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 19, 2023
जग्गाको कित्ताकाट खुल्यो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment