![]() |
विद्यार्थीहरु माझ आयोजित सचेतना कक्षा |
सुमन्द्रटार । दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयका बाल क्लबका सदस्यलाई लागि एक दिने बालअधिकार, बाल संरक्षण तथा बालबिबाह सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा रुडेक नेपालको सहजीकरणमा गाउँपालिकाका १४ विद्यालयका ६ देखि १० सम्म अध्यनरत बालबालिकाहरूलाई तालिम प्रदान गरिएको रुडेक नेपालले जनाएको छ । उक्त तालिम ४ ठाउँमा सञ्चालन गरिएको थियो ।
पञ्चकन्या– २ कविलासमा कालिका मावि, नबसंजिबिनी मावि, राष्ट्रिय मावि, पञ्चकन्या–४ थप्रेकमा उदयजालपा मावि, पञ्चकन्या मावि तथा मंगला मावि, दुप्चेश्वर– ३ राउतबेशीमा कमलमणिक मावि, भुमेस्थान मावि, कौकेश्वरी मावि तथा सरस्वती मावि र दुप्चेश्वर– २ पांगरमा बिरेन्द्र मावि, माप्ले मावि तथा गोल्फुभञ्ज्याङ्ग माविबाट बालक्लब सदस्यहरूले सहभागिता जनाएका थिए ।
जेठ ३० गतेदेखि असार७ गतेसम्म सञ्चालित सचेतना तालिममा ६३ जना किशोर तथा ५० जना किशोरी बिद्यार्थीहरूको सहभागिता रहेको रुडेक नेपालका शिक्षा तथा बाल संरक्षण अधिकृत राजेन्द्र पौडेलले जानकारी दिए ।
उक्त तालिमका सहभागी भएकाहरूलाई बालबालिका तथा वालअधिकार, बालअधिकारका बालअधिकारसम्बन्धी महासन्धिका सिद्धान्त, बाल संरक्षण, बाल संरक्षणका सवाल तथा समस्याहरूको पहिचान, बालविवाह तथा बालबिवाह सम्बन्धी कानूनी ब्यवस्थाहरू, बालविवाहका बेफाइदाहरू, बालविवाह रोकथाम तथा न्यूनीकरणका प्रक्रियाहरू तथा बालसंरक्षणमा बालक्लबको भूमिका बिषयमा अभिमुखीकरण गरिएको थियो । तालिमको सहजीकरण गुड नेवर्स इन्टरनेशनल नेपाल नुवाकोटका बाल प्रायोजन सेवा, संरक्षण अधिकृत दिपक पौडेल तथा रुडेक नेपालका राजेन्द्र पौडेलले गरेका थिए ।
उक्त तालिम लिएपछि आआफ्नो बिद्यालयमा गएर अन्य बिद्यालयका किशोरकिशोरीलाई यस्तै सचेतना गराइने जानकारी रुडेक नेपालले दिएको छ । यस्ता अभिमुखिकरणले बालबालिकाहरू आफ्नो अधिकारप्रति सजग हुने र अन्य गाउँपालिकाको तुलनामा उमेर नपुगी बिबाह गर्ने दर उच्च रहेको प‘चकन्या र दुप्चेश्वरमा बालबिबाह न्यूनीकरणमा योगदान पुग्ने विश्वास आयोजकको छ ।
No comments:
Post a Comment