![]() |
सामाखुसी–टोखा–गुज्रे सडक |
छहरे । काठमाडौंबाट नुवाकोट आउने महत्वपूर्ण मार्ग सामाखुसी टोखा–गुज्रे–छहरे सडकको दुरी २९ किलोमिटर छ । यो खण्डमध्ये काठमाडौं जिल्ला टोखा नगरपालिकाको झोरदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै छहरेसम्मै ६ वर्षअघिसम्म बेहाल थियो, हिउँदमा जसोतसो गाडी चल्ने गथ्र्यो । तर बर्खायाममा नागरिकले कष्ट पाउँथे ।
नुवाकोट, रसुवा, धादिङका लागि काठमाडौंको नयाँ बसपार्क र सामाखुसी आपपासबाट छुटिने बस र अन्य सवारी साधन झोर क्षेत्रमै हिलोमा फसेर घान्टौं जाम पर्दा यात्रुले सास्ती बेहोनुपथ्र्यो । यो सडक मार्ग प्रयोग गर्ने सामान्य यात्रुलाई सास्ती हुन्थ्यो नै बिरामी ओसारपसार गर्ने एम्बुलेन्ससमेत जाममा पर्दा बिरामीको अवस्था के हुन्थ्यो सहजै अनुमान लगाउन सकिने विषय रह्यो ।
करिब ६ वर्षअघिसम्म दुरावस्था रहेको उक्त सडक खण्डमा आमूल परिवर्तन आएको छ । नयाँ जनप्रतिनिधिको पहल र सरोकारवालाको दबाबका कारण सामाखुसी–टोखा–गुज्रे सडकको काँचुली फेरिएको हो । काठमाडौंतर्फ टोखा नगरपालिका, तारकेश्वर नगरपालिका र नुवाकोटतर्फ शिवपुरी गाउँपालिका तथा लिखु गाउँपालिकासीमा जोडिन पुग्ने यो सडकमा अहिले एकाध ठाउँबाहेक पूरै कालोपत्र भएको छ । जसमा आवश्यक ठाउँमा पक्की ढलानको सडक र अन्य ठाउँमा कालोपत्र विछ्याइएको छ ।
सडक आपसापमा हरियाली र पछिल्लो चरणमा पिच गरिएको ठाउँमा मार्किङ गरिएको दृश्यले मनमोहक बनाउँछ नै जोकोहीलाई । यो सडकको मुहार फेरिए पनि मर्मतसम्भारको काम भने अझै जारी छ । तर, यातायातका साधन सञ्चालनमा भने कतै रोकटोक छैन । गत वर्ष पिच गरिएका गुरुङ गाउँ क्षेत्रमागुणस्तरहीन भएकोले फेरि त्यहीमाथि कालोपत्र गरिँदैछ ।
नुवाकोट क्षेत्र नम्बर १ बाट लगातार दुई पटक निर्वाचित सांसद हितबहादुर तामाङले अघिल्लो कार्यकालमा गुर्जेको माउन्टेन भिउ रिसोर्ट आसपासदेखि गुर्जे सार्वजनिक शौचालयसम्म निर्माणका लागि संघ र प्रदेशबाट बजेट छुट्याउन सफल भए । सासद तामाङ, बागमती प्रदेश सांसद राधिका तामाङ लगायत जनप्रतिनिधिहरूकै पहलमा गुर्जे–छहरे सडकको अवस्था परिवर्तन आएको स्थानीय बताउँछन् । सांसद तामाङको पालामा सडक पक्की र कालोपत्र बनेपछि यो सडकलाई ‘हितबहादुरको सडक’ भन्दै प्रचार गरिएको पाइन्छ ।
उक्त सडक राम्रो बन्दै गएको छ भने अर्कोतर्फ बहुप्रतिक्षीत छहरे–टोखा सुरुङमार्ग निर्माणका निम्ति आउँदो आर्थिक वर्षका लागि १ अर्ब बजेट छुट्याइएको छ । नुवाकोट पुरानो सडक बालाजु–ककनी–त्रिशुली सडकलाई समेत नयाँ बजेटमा ५० करोड विनियोजन गरिएको छ । –ग्लोबल मिडिया डटकमबाट
No comments:
Post a Comment