![]() |
बालिकासँग पालिका कार्यक्रम |
खरानीटार । नुवाकोटको तादी गाउँपालिकाले विद्यालयमा बालिकासँग पालिका कार्यक्रम सञ्चालन गरेको छ । समुदायमा सानै उमेरमा किशोरीको विवाह हुने गरेको गुनासो आएपछि पालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
पालिकाले उर्लेनीमा रहेको सुन्दरा माविमा बालविवाह न्यूनीकरण, मानव बेचबिखन नियन्त्रण तथा विविध सामाजिक सचेतनाका लागि बालिकासँग पालिका कार्यक्रम सञ्चालन गरेको हो । विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाई बालविवाह र यसले पार्ने प्रभाव, असुरक्षित गर्भधारण, बेचविखन तथा मदिरा, जुवातास नियन्त्रण र नमूना गाउँका विषयमा गाउँपालिकाका उपाध्यक्ष सञ्जु प्याकुरेलले जानकारी दिइन् ।
No comments:
Post a Comment