विदुर । रसुवाबाट श्रम स्वीकृत गरि विदेश जानेको संख्या २ हजार ३०२ पुगेको छ । तथ्याङ्क कार्यालय नवाकोटले राष्ट्रिय जनगणना २०७८ को रसुवाको तथ्याङ्क सार्वजनिक गरेको हो । कार्यालयले गत हप्ता सरोकारवालामाझ राष्ट्रिय जनगणना २०७८ को जिल्लास्तरीय नतिजा सार्वजनिक गरेको हो । उक्त सार्वजनिक नतिजाअनुसार रसुवाबाट वैदेशिक रोजगारीमा जानेको संख्या दुई हजार ३०२ जना रहेको छ ।
जनसंख्या कम भएकाले होला रसवाबाट विदेशमा बस्नेको संख्या २ हजार ३०२ जना रहेको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये पुरुष एक हजार ३२९ जना र ९७३ जना महिला रहेका छन् । अन्य जिल्लाको तुलनामा रसुवाबाट विदेश जानेको संख्या कम देखिएको छ ।
सार्वजनिक गरिएको नतिजाअनुसार जिल्लामा पुरुषको संख्या २४ हजार ३५ र महिलाको संख्या २२ हजार ६५४ गरी कुल जनसंख्या ४६ हजार ६८९ रहेको छ । करिब १५१२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको रसवा जिल्लाको जनघनत्व ३० प्रति वर्ग किलोमिटर रहेको छ । जनसंख्या वृद्धिदर ०.७२ प्रतिवर्ष छ ।
जिल्ला छोडी नेपालकै अन्य ठाउँमा बस्ने चार हजार ८३६ जना रहेका छन् । जिल्लामा एक हजार २९३ जना विभिन्न किसिमको अपाङ्गता रहेका छन् । ६९.६० प्रतिशत साक्षरता रहेको जिल्लामा ७६ प्रतिशत पुरुष र ६३ प्रतिशत महिलाको रहेको छ । जिल्लाभर ११ हजार एक सय परिवारमध्ये चार हजार १३५ परिवारको घर परिसरभित्र धारा रहेको र घरबाहिर धारा ६ हजार तीन सय परिवारको रहेको छ । ७८ परिवारले खला इनार, १० परिवारले ढाकेको इनार, ५३७ परिवारले मूलधारा, ६४ परिवारले खोलाको पानीलाई पिउन र खाना पकाउन पयोग गरेको पाइएको तथ्याङ्क अधिकृत दीपेन्दसिंह धामीले जानकारी दिएका छन् ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 26, 2023
रसुवाबाट काम गर्न दुई हजार तीनसय विदेश गए
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment