पिपलटार । नुवाकोटको विदुर नगरपालिका–५ ले आगामी वर्ष २०८०/८१ देखि वडाभित्र बच्चा जन्मिए पाँच हजार रुपैयाँ दिने भएको छ । वडाध्यक्ष लीलानाथ न्यौपानेका अनुसार आगामी आर्थिक वर्ष ०८०/८१ देखि वडाभित्र बच्चा जन्मिए वडाले पाँच हजार रुपैयाँ दिनेछ ।
वडाले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने बालबालिकालाई पाँच हजार रुपैयाँ दिने र बच्चाका सम्बन्धित अभिभावकले पाँच हजार रुपैयाँ थप गरेर १० हजार रुपैयाँ बैंकमा खाता खोली राखिने वडाध्यक्ष न्यौपानेले जानकारी दिए । जम्मा भएको रकम १५ वर्ष झिक्न नपाउने गरी बालबालिका कोष स्थापना गरिने वडाध्यक्षले जानकारी दिए । उनले वडाले जम्मा गरेको रकममा पाँच हजार रुपैयाँ थप गर्न नसक्ने अति सीमान्तकृत वर्गका अभिभावकले वडा कार्यालयमा सम्पर्क राखेमा वडाले सबै रकम जम्मा गरिदिनेसमेत बताए । वडाध्यक्ष न्यौपानेले बालबालिकाको जन्मदर्ता गर्न प्रोत्साहन गर्न र बाबालिकाको समग्र विकासका लागि बालबालिकासँग वडाध्यक्ष कार्यक्रमसमेत सञ्चालन गरिने बताए ।
वडा कार्यालयको विविध खर्चबाट खर्च गर्ने गरी आगामी असार १० गते हुने नगर परिषद्बाट पारित भएपछि यो कार्यक्रम लागू हुने वडाध्यक्ष न्यौपानेले बताए । उनले वडामा प्रत्येक वर्ष ८० देखि ९० जना बालबालिका जन्मने गरेको भन्दै यो कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गर्ने तयारी गरेको बताए । यो कार्यक्रम सफल भएमा अर्काे आर्थिक वर्ष ०८१/८२ मा मृत्यु भएका परिवारलाई पाँच हजार रुपैयाँ किरिया खर्च दिने योजना वडाध्यक्ष न्यौपानेको छ । उनले वडा कार्यालय बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति निकै संवेदनशील रहेको भन्दै वडाले चिया खाने पैसा कटाएर बालबालिका र ज्येष्ठ नागरिकको हितमा खर्च गर्ने बताए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 26, 2023
दर्ता हुने शिशुलाई पाँच हजार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment