रसुवा । मालपोत कार्यालयबाट हुने रजिस्टे«सनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने बढ्न थालेको छ । महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्न थालेको हो ।
रसुवा र नुवाकोट हेर्ने तथ्याङ्क कार्यालयले आम नागरिकलाई जनगणनाको नतिजाबारे जानकारी गराउन विवरण सार्वजनिकीकरण कार्यक्रम गरेको हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क गएको मङ्गलबार धुञ्चेमा सार्वजनिक गर्दै तथ्याङ्क कार्यालय नुवाकोटले ८२६ रसुवाली महिलाले एकलरूपमा भू–स्वामित्व कायम गरेको जानकारी दिएको हो । तीमध्ये १८८ महिलाको घर निर्माण र ६३८ महिलाको जग्गा मात्र रहेको छ । नौ सय ५० महिलाको भने श्रीमानबीच संयुक्त जग्गाधनी प्रमाण पुर्जा लिएको तथ्याङ्क अधिकृत दीपेन्द्रसिंह धामीले जानकारी दिए ।
२२ हजार ६५४ महिला रहेको रसुवामा क्रमिकरूपले महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । महिलाको नाममा जग्गामध्ये सदरमुकाम क्षेत्रमा २५ प्रतिशत र अन्य क्षेत्रमा ५० प्रतिशत राजस्व छुट हुने प्रावधान रहेको मालपोत प्रमुख गणेश श्रेष्ठले जानकारी दिए । छब्बीस जातजाति रहेकोे रसुवाको कूल जनसंख्या ४६ हजार ६ सय तथा ८९ रहेको छ । तीमध्ये ३२ हजार १२७ तामाङ समुदायको बाहुल्यता रहेको तथ्याङ्कले देखाएको छ ।
यस्तै ६९.६० प्रतिशत साक्षर रहेको रसुवामा ११ हजार १३१ परिवारले आवास निर्माण गरेको बताइएको छ । रसुवाबाट वैदेशिक रोजगारका लागि जानेमा ९७३ महिला एवं एक हजार ३२९ पुरुष रहेको विवरण सार्वजनिक गरिएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 19, 2023
महिलाको नाममा स्वामित्व बढ्दै
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment