विदुर । माओवादीका नेता तथा माओवादीबाटै सांसद समेत भएका रसुवाका प्रेम तामाङ काँग्रेस हुँदै अहिले एमालेमा प्रवेश गरेका छन् । तामाङ जनयुद्धदेखि माओवादी आन्दोलनमा लागेको तामाङ माओवादीको तत्कालिन रसुवा जनसरकार प्रमुख समेत भएका थिए ।
गत वैशाखमा नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका रसुवाका प्रेम तामाङ गत हप्ता केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । एमाले मुख्यालय ललितपुरको च्यासलमा गत हप्ता भएको केन्द्रीय सचिवालय बैठकले नेकपा एकीकृत समाजवादी परित्याग गरी आएका मुकुन्द न्यौपाने र तामाङसहित १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको हो । तामाङ एमाले रसुवाका सचिव जनार्दन ढकालको मध्यस्थतामा गत वैशाख ९ गते तामझामसहित एमालेमा प्रवेश गरे । तामाङ संविधानसभा सदस्य एवम् बागमती प्रदेशका निवर्तमान सदस्य हुन् । रसुवाबाट एमालेको केन्द्रीय सदस्यमा माधव अर्यालसहित दुईजना छन् ।
तामाङ ०६४ चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा रसुवाबाट नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनमा रसुवाको क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 26, 2023
प्रेम तामाङ एमालेमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment