![]() |
वाटरटावरको सरसफाई |
बट्टार । विश्व वातावरण दिवसको अवसर पारेर सिद्धार्थ होटल वाटर टावरले नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
विदुर नगरपालिका वडा नम्बर ४ घण्टाघर नजिक रहेको सिद्धार्थ होटल वाटर टावरले दिवसको अवसर पारेर होटल आसपासको विभिन्न स्थानमा सरसफाई गरेको होटलका प्रबन्धक किरण रिमालले जानकारी दिए । उनले आगामी सातादेखि हरेक हप्ता होटलले सरसफाइ कार्यक्रम गर्ने बताएका छन् ।
प्रबन्धक रिमालले आफ्नो संस्था हरेक किसिमका सामाजिक कार्यमा अग्रसर हुने बताए । स्थानीयहरूको सहभागिता होटलमा पनि बढाउने उदेश्यले सिद्धार्थ होटल वाटर टावरले स्थानियलाई बर्थ डे, एनिभर्सरी बेबी सावर, आदि कार्यक्रम गर्दा फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट तथा निःशुल्क केक उपलब्ध गराउने, मिटिङ्ग सेमिनारमा निःशूल्क ए सी हल उपलब्ध गराउने, २९९ रुपैयाँमा ननभेज लन्च बक्स उपलब्ध गराउने तथा १० प्रतिशत छुटका साथहोटलका परिकारहरू होम डेलिभरी गर्ने रिमालले बताए ।
No comments:
Post a Comment