धुन्चे । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा रसुवाको पाँचौँ जिल्ला अधिवेशन असार २ गते कालिकास्थानमा सम्पन्न भएको छ । महासंघको जिल्ला अध्यक्षमा हेमनाथ खतिवडा सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनबाट उपाध्यक्षमा राधिका न्यौपाने, सचिवमा रितमान वाइबा, सहसचिवमा विष्णुबहादुर लो लामा, कोषाध्यक्षमा गायत्री लामिछाने र सदस्यमा उमेश भट्टराई, गम्भीरमान लो निर्वाचित भएका छन् । गैरसरकारी संस्था महासंघको हकहित र संस्थाको राम्रो र नराम्रो पक्षमा सुधार गर्दै आगामी दिनमा सल्लाह, सुझावसहित अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष खतिवडाले बताए । खतिवडा दुई दशकदेखि रसुवाको सामाजिक परिवर्तनका लागि सक्रिय छन् ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 26, 2023
खतिवडा गैसस रसुवा अध्यक्ष
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment