छहरे । सडक डिभिजन नुवाकोटले निर्माणाधीन गुर्जे–छहरे सडकमा गएको सोमबारदेखि असफाल्ट प्रविधिबाट कार्य गरिने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सुमनराज बस्नेतले गएको आइतबार सूचना जारी गर्नुहुँदै गएको सोमबारदेखि जेठ ३२ गते (बिहीवार) सम्म बिहान ८ देखि दिउँसो ४ बजेसम्म असफाल्ट कार्य गर्दा सवारी आवागमन अवरुद्ध हुने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘सडक पूरै बन्द भन्ने होइन, काफलडाँडा क्षेत्रमा पिच (कालोपत्र) प्रक्रिया जारी रहेको ठाउँमा असफाल्ट प्रविधिबाट काम गरिने भएकोले सवारी साधन आवागमनमा बेला बेला रोकिने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न भनेका हौं ।’
गत चैत १३ गते ३ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएबमोजिम शिवपुरी गाउँपालिका–८ को वडा कार्यालय आसपास, थापागाउँ क्षेत्रमा ढलान, नाली निर्माण, मर्मत, कालोपत्रका लागि बागेश्वरी वागमती सिम्रन जेभीले काम गरिरहेको छ । उक्त खण्डमा बागेश्वरीले ६ करोड (भ्याटसहित)मा निर्माण जिम्मा लिएको छ ।
यस्तै चापाबोट क्षेत्रमा जी टेक सर्भिसेसले काम गरिरहेको छ । उक्त ठेक्का चालु आर्थिक वर्षमा केन्द्रीय बजेटमा छुट्याइएको ६ करोड रुपैयाँमध्येबाट ४ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । सूचना अधिकारी बस्नेतका अनुसार गत आर्थिक वर्षको दुई करोड दायित्व वहन गर्न‘पर्ने भएकोले दुई किलोमिटरमा मर्मत र गुणस्तरीय पिचका लागि ४ करोडमा सम्झौता गरिएको हो ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 12, 2023
गुर्जे–छहरे सडक दिउँसो बन्द
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment