![]() |
प्रअ–नगरप्रमुखबीच सम्झौता |
विदुर । विदुर नगरपालिकाले आफ्नो कार्यक्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक विकासको लागि कार्यसम्पादन सम्झौता गराएको छ ।
विद्यालय व्यवस्थापन समितिको क्षमतम विकाससहित विदुर नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूवीच कार्य सम्पादन सम्झौता गराएको हो । विदुरमा आयोजित एक कार्यक्रममा विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ र ६० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकवीच विद्यालयले गर्न सक्ने ३५ वटा सुचक वृद्धिको कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ । परीक्षणका रुपमा सुरु गरिएको यो कार्यक्रमले विदुर नगरपालिकाको यो शैक्षिक शत्रको शैक्षिक एवं भौतिक गुणस्तरमा सहयोग पुग्ने विश्वास विदुर नगरपालिकाले गरेको छ ।
शैक्षिक सत्र ०८० सम्ममा हरेक सामुदायिक विद्यालयको अहिलेको शैक्षिक अवस्था र शैक्षिक सत्रको अन्तसम्ममा के गर्न सकिन्छ भनेर विद्यालयका प्रधानाध्यापकहरूले नगरप्रमुख र सम्वन्धित विद्यालयका प्रधानाध्यापकहरूको हस्ताक्षरमा व्यवस्थापन समितिका अध्यक्ष र सम्वन्धित वडाअध्यक्षहरूलाई साक्षीको रुपमा राखिएको छ । यसअघि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई विदुर नगरपालिकाले विद्यालयका सुधार तथा शैक्षिक सुधारको बारेमा व्यवस्थापन समितिका अध्यक्षहरूलाई दुई दिने क्षमता विकास सम्वन्धि तालिम प्रदान गरेको थियो ।
३५ सुचकमा विद्यालयको अहिलेको अवस्था कस्तो छ र शैक्षिक सत्रको अन्तसम्ममा कस्तो बनाउन सकिन्छ भनेर तार्गेटसहितको सम्झौतामा हस्ताक्षर भएको विदुर नगरपालिका शिक्षा शाखाका प्रमुख देवीप्रसाद अधिकारीले बताए । तोकिएको लक्ष्य पूरा गर्ने वा त्यो भन्दा राम्रो गर्ने विद्यालयलाई विदुर नगरपालिकाले प्रोत्साहन गर्ने विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले बताए । लक्ष्या प्राप्त गर्न नसक्ने विद्यालयलाई कारवाहीसमेत गर्न सकिने सम्झौता भएको उनले बताए । कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनको लागि अर्धवार्षिक तथा वार्षिक समीक्षा गर्ने नीति नगरपालिकाले लिएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विद्यालय व्यवस्थापन समितिको तर्फबाट मानबहादुर डंगोल, प्रधानाध्यापकको तर्फबाट बाबुराम लामिछानेलगायतले विदुर नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक विकासको लागि सुरु गरेको कार्यसम्पादन सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न सके विदुरले शैक्षिक फड्को मार्न सक्ने धारणा राखेका थिए ।
No comments:
Post a Comment