![]() |
तारकेश्वरमा भएको बजार अनुगमन |
तारकेश्वर । गुणस्तरीयतामा जोड दिंदै नुवाकोटको तारकेश्वरमा खाद्यान्न पसलहरूको अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएको छ ।
तारकेश्वर गाउँपालिकाको २, ५ र ६ नं. वडाका पसलको अनुगमन गरिएको थियो । सम्बन्धित वडाध्यक्ष तथा गापाका कर्मचारीको नेतृत्वमा अनुगमन गरिएको गापा अध्यक्ष शिव अधिकारीले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा म्याद गुज्रिएका र ढुसी परेका अखाद्य पदार्थ बरामद भएको हो । सो वस्तु नष्ट गरिएको छ ।
अध्यक्ष अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कडा कारबाहीको चेतावनी दिएका छन् । पहिलो पटक व्यापारीलाई मापदण्डको पालना गरि सुध्रिन र उपभोक्तालाई सचेत रहन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत सीताराम थापाको भनाइ छ । अधिकारीले आगामी दिनमा यस्ता पदार्थ भेटिएमा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । गाउँपालिकले सबै पसलको अनुगमन निरन्तर गरिरहेको बताए ।
No comments:
Post a Comment