![]() |
आँखा शिविर |
शिवपुरी । नुवाकोट आइ केयर सेन्टर विदुर र आधारभुत स्वास्थ्य सेवा बिकास कार्यक्रम कबिलासको संयुक्त आयोजनामा शिवपुरी गाउँपालिकाको एक विद्यालयमा गएको हप्ता एक दिने आँखा शिविर सम्पन्न भएको छ ।
कुम्भेश्वर माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूको लागि निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा शिक्षक विद्यार्थी गरी २ सय जनाको आँखा परिक्षण गरिएको छ । ती मध्ये १६ जना शिक्षक र २६ जना विद्यार्थी गरी ४२ जनालाई पावरवाला र एलर्जी भएको आँखामा प्रयोग हुने चस्मा वितरण हुने नुवाकोट आइ केयर सेन्टरका प्रमुख शंकर अधिकारीले बताए ।
विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई सामान्य खालको चस्मासमेत वितरण गरिने अधिकारीले बताएका छन् । गाउँमा भएको उक्त शिविरमा आँखा परीक्षण पश्चात सिफारिस गरिएका दृस्टिदोष, एलर्जी भएका र नजिकको दृस्टि कमजोर भएका सम्पूर्ण विद्यार्थी शिक्षक र अन्य कर्मचारीहरूका लागि आवश्यकता अनुसार लेन्स फिटिङ्ग गरी एक साताभित्र चश्मा उपलब्ध गराइने उनले बताए । आधरभुत स्वास्थ्य सेवा विकास कार्यक्रम कबिलासको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
No comments:
Post a Comment