विदुर । नुवाकोटको जनसंख्या दश वर्षअघिको भन्दा घटेको छ ।
राष्ट्रिय जनगणना ०७८ को गएको आइतबार जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रमको क्रममा तथ्याङ्क कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क विवरणअनुसार नुवाकोटमा १४ हजार २६ जनसंख्या घटेको हो ।
तथ्याङ्क कार्यालय नुवाकोटले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाको जनसंख्या दुई लाख ६३ हजार तीन सय ९१ रहेको छ । जसमा एक लाख २८ हजार ९९८ जना पुरुष र एक लाख ३४ हजार ३९३ जना महिला रहेका छन् ।
कार्यालयका तथ्याङ्क अधिकृत दीपेन्द्रसिंह थामीले बताएअनुसार अहिलेको जनसंख्या दश वर्षअघिको जनगणना २०६८ अनुसार १४ हजार २६ घटेको छ । २०६८ को जनगणनाअनुसार नुवाकोटको जनसंख्या दुई लाख ७७ हजार ४७१ रहेको थियो ।
दश वर्षको अवधिमा नुवाकोटको जनसंख्या घटेर दुई लाख ६३ हजार ३९१ हुन आएको छ ।
दश वर्षको अवधिमा नुवाकोटमा घरधुरी संख्या नौ हजार ४६४ घटेको छ भने जनसंख्या १४ हजार २६ जना घटेको तथ्याङ्क कार्यालय नुवाकोटको तथ्याङ्क अधिकृत थामीले जानकारी दिएका हुन् ।
घरजग्गामा महिलाको स्वामित्वलाई हेर्दा नुवाकोटमा घर मात्रै आफ्नो नाममा भएका महिला ८८२ जना, जग्गा मात्र आफ्नो नाममा भएका महिला चार हजार ९८४ जना, घरजग्गा नै आफ्नो नाममा भएका महिला ६ हजार ३६९ रहेको तथ्याङ्क कार्यालय नुवाकोटका प्रमुख थामीले जानकारी दिए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 12, 2023
जनसंख्या र घरधुरी घट्यो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment