विदुर । राष्ट्रिय स्वतन्त्र पार्टीले पञ्चकन्या र लिखु गाउँपालिकामा पालिकास्तरीय समिति गठन गरेको छ ।
लिखु र पञ्चकन्याको संयुक्त भेलाले लिखु गाउँपालिकामा विष्णुकुमार श्रेष्ठ र पञ्चकन्या गाउँपालिकामा निलकण्ठ मिश्रको सभापतित्वमा नयाँ पालिकास्तरीय समिति गठन भएको हो ।
पञ्चकन्या गाउँपालिकाको सभापतिमा निर्वाचित मिश्र यस क्षेत्रका नेपाली काँग्रेसमा लामो समय योगदान दिएका व्यक्ति हुन् । उनी विगत ११ वर्षदेखि नेपाली काँग्रेससँग असन्तुष्ट रहँदै आएकोमा गत निर्वाचतमा कांग्रेसको क्रियाशील सदस्यता नविकरण गरिएको थियो । नेपाली काँग्रेसको पञ्चकन्या गाउँपालिका इकाई कोषाध्यक्षसमेत रहेका मिश्र काँग्रेससँग असन्तुष्ट हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका हुन् ।
२०२७ सालदेखि काँग्रेसमा क्रियाशील रहँदै हरेक आन्दोलनमा सहभागी हुँदै आएकोमा ११ वर्ष अघि भ्रष्टाचार बढाउने, विधि विधानमा सञ्चालन नभएको र विपिको विचारबाट काँग्रेस पछि हटेपछि कांग्रेस छाडेको उनी बताउँछन् ।
१५ वर्षदेखि नेपाली कांग्रेस क्रियाशील थानसिंगका विष्णुकुमार श्रेष्ठ लिखु गाउँपालिकाको सभापति बनेका छन् ।
दुई कार्यकाल नेपाली काँग्रेस थानसिंगको सचिव त्यसपछि थानसिंगको वडा सभापतिसमेत भएका श्रेष्ठ नेपाली कांग्रेस नेतृत्वको काम गराईको तरिका चित्त नबुझेर स्वतन्त्र पार्टीमा लागेको बताउँछन् । महेन्द्र माविको व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका उनी पछिल्लो समय काँग्रेसको क्रियाशील सदस्य मात्रै रहेका थिए ।
राष्ट्रि«य स्वतन्त्र पार्टीले सञ्चालन गरेका गतिविधिप्रति आकर्षित हुँदै बढ्दो राजनीतिक विकृतिको अन्त्य गर्नको लागि आफू स्वतन्त्र पार्टीमा लागेको उनले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको लिखु पालिकास्तरीय कमिटिको उपसभापतिमा भवानी लामिछाने, सचिवमा विधान खड्का, कोषाध्यक्षमा कुमार पौडेल, र सदस्यहरूमा गोविन्दप्रसाद लामिछाने, प्रदिप लामिछाने, सुदर्शन श्रेष्ठ, सन्तबहादुर तामाङ, बोधकुमार ओझा, सुमन भण्डारी छन् ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 12, 2023
रास्वपाको लिखुमा मिश्र र पञ्चकन्या श्रेष्ठ सभापति
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment