![]() |
बिजेतालाई प्रमाण पत्र वितरण गर्दै आयोजक |
बट्टार । नुवाकोट जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि विविना लामिछानेले हात पारेकी छिन् । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोगमा जिल्ला युवा समिति नुवाकोटको आयोजनमा ‘युवा नवप्रबद्र्धन’ विषयमा भएको वक्तृत्वकला प्रतियोगिताको उपाधि बेलकोटगढी नगरपालिकाका विविना लामिछानेले हात पारेको जिल्ला युवा समिति नुवाकोटका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।
यस्तै सुभेनियर वोर्डिङ्ग स्कुलकी सिम्रिका रिजालले दोश्रो स्थान हात पारेकी छिन् भने मंगलादेवि मावि सुर्यगढिकी सुनिता तामाङ तेस्रो भइन् । प्रथम भएकी लामिछानेले नगद १५ हजार रुपैयासँगै प्रमाणपत्र तथा वागमती प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेकी छिन् ।
दोस्रो भएकी रिजालले १० हजार र तेस्रो भएकी तामाङले ५ हजार रुपैयाँसहित प्रमाणपत्र हात पारेकी छिन् । प्रतियोगितामा विदुरका निशान नेपाली र सुभेनियर स्कुलका पुर्णिमा पाण्डेले सान्त्वना पुरस्कार एक हजार रुपैयाँसहित प्रमाणपत्र पाए ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्राध्यापक तथा साहित्यकार शिवसुन्दर पुडासैनी, अधिवक्ता÷पत्रकार नवदिप श्रेष्ठ र साहित्यकार तथा गजलकार राजकुमार अर्जेल पुत्ला रहेका थिए । विजेताहरूलाई नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारका संचालक समितिका अध्यक्ष तथा साहित्यकार श्रीराम श्रेष्ठ लगायतले नगद तथा प्रमाणपत्र वितरण गरेक थिए ।
No comments:
Post a Comment