![]() |
उपकरण हस्तान्तरण कार्यक्रम । |
खरानीटार । नुवाकोटको तादी गाउँपालिकाको चारवटा वडाका कृषकलाई आधुनिक उपकरण हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई नुवाकोटले ९० प्रकारका कृषि उपकरण हस्तान्तरण गरेको हो । उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो । किसान जागरण कार्यक्रम अन्तर्गत उपाध्यक्ष सञ्जु प्याकुरेलले हस्तान्तरण गरे । कृषियन्त्र कृषि सहकारी, कृषक समूह तथा कृषि फार्महरूलाई अनुदानमा उपलब्ध गराइएको इकाई प्रमुख कृष्णप्रसाद उपाध्यायले बताए ।
प्रदान गरिएका सामग्रीहरूमा विषादी छर्कने स्प्रेयर ६१ थान, पेट्रोल लाग्ने मिनिट्रिलर २० थान, डिजेल लाग्ने मिनिट्रिलर ६ थान, पिसानी गर्ने मेशिन दुई थान र धान झार्ने मेशिन एक थान रहेका छन् ।
No comments:
Post a Comment