विदुर । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन जिल्ला कार्यसमिति नुवाकोटले स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष अन्जु बोगटी नेतृत्वको टोलीले सरकारले प्रस्तुत गरेको बजेट भाषणमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने तयारी गरिएकोमा विरोध जनाउँदै ज्ञापनपत्र बुझाएको हो ।
यदि अतिरिक्त हुलाक कर्मचारीलाई स्वेच्छाले हट्न चाहेमा १० वर्षदेखि २० वर्षसम्म कार्यरतलाई ५ लाख, २०देखि ३० वर्ष कार्यरत ७ लाख र ३० देखि ४० वर्ष कार्यरत कर्मचारीलाई १० लाख रुपैयाँ दिनुपर्ने मागपत्रमा उल्लेख छ ।
नेपालमा अतिरिक्त हुलाक कर्मचारी १० हजार ८ सय ५३ जनाको तलब दुई वर्षदेखि नबढाएर विभेद गरेको ती कर्मचारीको भनाइ छ । नुवाकोटमा ५० वटा अतिरिक्त हुलाकमा १ सय ७४ जना कर्मचारी कार्यरत छन् । उनीहरूले माग पूरा नभए अतिरिक्त हुलाक कार्यालय र डाँक आदानप्रदानसमेत बन्द गर्ने चेतावनी दिएका छन् । असार ५ गते जिल्ला हुलाक कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको एसोसियसनले जनाएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 19, 2023
कार्यालय खारेजको विरोध
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment