भोलाराज पौडेल
विदुर । बेलकोटगढी नगरपालिकाका अधिकांश खेतमा १५ वर्ष अघिसम्म हिमाली, बासमति, पोखरेली, टाइचिन, चाइनाबलु, मंसुलीलगायतका धानखेती हुन्थ्यो । तर, अहिले यो नगरपालिकाका अधिकांश ठाउँमा यस्ता धान देख्न पाइँदैन । यी धानको सट्टा आयातित हाइव्रिट जातले स्थान ओगटेको छ । बेलकोटगढीमा मात्र होइन, नुवाकोट जिल्लाका तल्लो भेगमा परम्परागत रैथाने धान मासिँदै गएको छ ।
छोटो समयमा धेरै उत्पादन लिन विदेश तथा नेपालमै उन्नतजातको विउ लगाउँदा रैथाने जातको बाली क्रमशः लोप हुँदै गएको छ । ‘हाम्रो पालाको धानको विउ अहिले हराएर गयो’ बेलकोटका कालिबहादुर तिवारी भन्छन्– ‘त्यतिबेलाको धान खेतमै बास्ना आउँथ्यो, अहिले एकादेशको कथा भएको छ ।’ थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिनको लागि परम्परागत रुपमा लगाइने बालीको बाली लगाउन छाडेर उन्नत बीउ रोज्न थालेपछि रैथाने बाली लोप हुने अवस्थामा पुगेको हो । परम्परागत रुपमा लगाइने बालीबाट थोरै उब्जनी हुने हुँदा उत्पादन लागतसमेत बढ्न जाने भएपछि किसानहरू परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाउन छाडेका हुन् । ‘पुरानो जातका बीउले सोचेजस्तो आम्दानी गर्न सकिँदैन, आफ्नो परिवार पाल्न र त्यसबाट केही जोहो गर्नको लागि पनि उन्नत जातको लगाउनुपर्ने बाध्यता छ’ बेलकोटकै अर्का किसान कुवेर थपलिया भन्छन्– ‘धान, मकै र विभिन्न तरकारीका विउ पनि हाइव्रिट र उन्नजातकै लगाउने गरेको छुु ।’ उनी १५ वर्षदेखि अन्न तथा तरकारी बालीमा उन्नत तथा हाइव्रिट जातको विउ लगाउछन् ।
स्थानीय जातको बीउ लगाउँदा लगानी अनुसारको उत्पादन हुन नसक्ने भएकाले आफूहरूको रोजाइमा उन्नतजातको विउ नै पर्ने गरेको किसानहरू बताउँछन् । हाइव्रिट जातका बाली लगाउँदा त्यसको विउ फेरी प्रयोग गर्न नसकिने भएको हुँदा वर्षेनी नयाँ विउ खरिद गर्नका लागि लाखौँ रकम बाहिरिने गरेको छ । घरायसी प्रयोगका लागि उत्पादन गरिने बालीमा त उन्नत तथा हाइव्रिटको विउ प्रयोग गर्न थालेपछि व्यावसायिक खेती गर्ने किसान त उन्नत जात भन्दा फरक लगाउनै चाहँदैनन् । रैथाने जातको प्रवर्धनको लागि रैथाने जस्तै देखिने खालका केही विउ बजारमा आएपनि यसको प्रवर्धन अझै हुन सकेको छैन । हाइव्रिटको तुलनामा उन्नत जातका विउ कम उब्जनी हुने भएपछि किसानहरू सकेसम्म हाइव्रिट नै प्रयोग गर्दछन् । जसले परम्परागत बालीहरू लोप हुने अवस्थामा पुगेका छन् ।
स्थानीय जातका बाली विरुवामा धेरै प्रकारका रोग किराहरूले दुःख दिने गरेको गुनासोसमेत किसानहरूको छ । किसानहरूको रोजाइमा हाइव्रिट विउ पर्न थालेपछि यसको नकारात्मक असरसमेत बेला बेलामा देखिने गरेको छ । छिमेकी देश भारतसहित विभिन्न देशबाट नेपाल भित्रने कतिपय हाइव्रिट विउ नेपालको हावापानीमा उब्जनी नहुने र लगाएका बालीले उत्पादन नदिँदा बेला बेलाका ठगिने गरेकोसमेत गुनासो आउने गरेको छ । रैथाने बालीको विउ हरेक वर्ष एउटै प्रयोग गर्दा उत्पादनमा ह्रास आउनेक्रमलाई उन्नत तथा हाइव्रिटले रोकेपनि भावी पुस्ताको लागि रैथानेबाली कथाको रुपमा सीमित हुने अखिल नेपाल किसान महासंघ (समाजवादी)का केन्द्रीय नेता यमकुमार खाती बताउँछन् । परम्परागत बालीले जीवन यापनमा समस्या पर्नेहरू अहिले आएको उन्नतजातले उब्जनी त बढेको छ, यसका नकारात्मक असरहरू पनि धेरै छन्’ –खातीले भने ।
किसानले बर्सेनी एकै जातको भण्डारण नगरिएका धान, तरकारी बालीको बीउ प्रयोग गर्दा लगानी उठाउन समस्या परेको थियो । बजारमा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ, र फलफूलमा नयाँ जातको गुणस्तरको बीउ आएपछि खेती गर्न सहज र धेरै उत्पादन लिन पाइने भएपछि पुरानो जात छाडेर नयाँ जातको बीउ धेरैले प्रयोग गर्न थालेको बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल बताउँछन् ।
रैथाने बालीमा पर्ने कोदो खेती अहिले विस्तारै हराउँदै गएको छ । कोदो खेतीको ठाउँमा तरकारी खेती हुन थालेपछि यो अन्नवाली नै लोप हुन लागेको हो । कोदोजन्य पदार्थमा कार्बोहाइड्रेटको अलावा प्रोटिन, फाइबर, भिटामिनको साथै क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिज तत्व पाइन्छ । यसको प्रयोगले उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्नबाट बचाउन सक्ने अध्ययनले देखाएपनि जिल्लाका अधिकांश स्थानमा यसको खेती नै गर्न छाडिएको छ ।
थोरै जमिनमा धेरै उत्पादन भएपनि स्थानीय र उन्नत जातको खाँदा स्वादिलो हुने किसानहरू बताउँछन् । पछिल्लो समय स्थानीय उतपादनको माग केही बढेपछि उत्पादन भने घटेर गइरहेको किसानहरूको भनाई छ । आकर्षण र मागको तुलनामा उत्पादन बढ्न नसक्दा हाम्रा रैथाने बाली नै लोप हुने अवस्थामा पुिगसकेको स्वयंम् किसानहरू नै बताउँछन् ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 17, 2023
रैथाने बाली लोप हुने अवस्थामा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment