![]() |
अन्तरक्रिया |
विदुर । विदुर नगरपालिकाले भोली मंगलबारबाट नगरपालिका भर डेंगु रोकथाम र नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गर्ने भएको छ ।
आईतबार नगरपालिकाको बैठककक्षमा सम्पन्न डेंगु रोकथाम र नियन्त्रण सम्बन्धी सर्बपक्षिय बैठक एवं अन्तरक्रियामा नगर क्षेत्रका सबै पक्षको सहभागितामा बिशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । त्यसक्रममा बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले डेंगु रोकथाम र नियन्त्रणका लागि नगरपालिका आवश्यक सबै उपायहरू अवलम्वन गर्न तयार रहेको बताउँदै यो अभियानलाई सार्थक बनाउन समाजका सबै पक्षको ऐक्यबद्धता अपेक्षित रहेको धारणा ब्यक्त गरे । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित, विदुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष रबिन्द्र नेपाल, वडा नम्वर ८ का वडा अध्यक्ष कमल श्रेष्ठ, वडा नम्वर १० का वडा अध्यक्ष गणेशकुमार नेपाल, पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष शिव देबकोटा, नुवाकोट अध्यक्ष कपिलदेब खनाल र नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले डेंगु रोकथाम र नियन्त्रणका लागि अपनाईनुपर्ने रणनीतिहरूका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय नुवाकोटका फोकल पर्सन कृष्णप्रसाद रिजालले डेंगु रोकथाम र नियन्त्रणका लागि भए गरेका काम र जिल्लाको अवस्थाको बारेमा जानकारी दिएका थिए । त्यसक्रममा दिईएको जानकारी अनुसार नुवाकोटमा साउन १४ गतेसम्ममा ८२ जनामा डेंगुसंक्रमण देखिएकोमा ५५ प्रतिशत विदुर नगरपालिकाका छन् ।
No comments:
Post a Comment