Monday, July 24, 2023

निरबहादुर कारबाहीमा, मन्त्रालयले छानविन गर्दै

विदुर । कार्यालय समयमै कार्यकक्षमा बसेर रक्सी खाने नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ का वडा सचिव निरबहादुर राना लगायतका वडाका कर्मचारीहरू माथि कारबाही हुने भएको छ ।
    कार्यकक्षमै रक्सी खाएको भिडियो र समाचार बाहिरिएपछि दैनिकीसँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कर्मचारी माथि कारबाही प्रक्रिया अघि बढीसकेको जानकारी दिए । उनले छानविन गरेर दोषी देखिए विभागीय कारबाही समेत हुने बताए ।
    गएको आइतबार आर्थिक वर्ष २०७९/०८० को अन्तिम दिन भएको भन्दै वडा सचिव रानासहितले कार्यकक्षमै जाँडसहितको भोज गरेका हुन् । उनले कार्यकक्षमै भोज गरेपछि वडा कार्यालयको जाँडको भट्टी भएको भन्दै नागरिकहरूले सामाजिक सञ्जाल मार्फत चर्को आक्रोश व्यक्त गरेका छन् ।
    कार्यकक्षमा रक्सी खानेमा रानासहित कार्यालय सहयोगी श्रीधर श्रेष्ठ र अन्य कर्मचारी पनि रहेको थियो । वेथिति भैरहेको गुनासो आइरहने लिखु वडा नम्बर ६ मा यस्तो देखिएपछि सामाजिक सञ्जाल मार्फत नागरिकहरूले खबरदारी गरिरहेका छन् ।

No comments:

Post a Comment