Monday, July 24, 2023

प्रविधिमैत्री ‘त्रिशुली स्कूल’

 प्रविधिमैत्री ‘त्रिशुली स्कूल’

सुनील श्रेष्ठ

त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बाहिरबाट हेर्दा भवन जति आकर्षक र व्यवस्थित लाग्छ, भित्र कक्षाकोठा र विद्यालयको वातावरण पनि उत्ति नै शिक्षणमैत्री छर । प्रविधिमैत्री पठनपाठन र नियमित जसो हुने अतिरिक्त क्रियाकलापले थप ज्ञान आर्जन गर्न सहज रहेको विद्यार्थी र अभिभावको रोजाइमा छर । विदुर नगरपालिका वडा नम्बर १ त्रिशुली राममन्दिर नजिक र समिप भई बग्ने त्रिशुली नदीले विद्यालयको सुन्दरतालाई अझै बढाएको छ ।
    पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन प्रविधिको प्रयोग हुन थालेको छ । २०५७ एसएलसी व्याचको पूर्वविद्यार्थी म– सुनिल श्रेष्ठ । विद्यालयको ६५ औं वार्षिकोत्सव समारोहमा आफ्नो व्यवसायीक सेवालाई आफु अध्ययन गरेको विद्यालयलाई अनलाईमाफत् संसारभर जोड्नको लागि निःशुल्क रुपमा विद्यालयको आधिकारिक वेबसाइट खडा गर्ने प्रतिबद्धता गरेअनुसार २०७२ चैत २६ गते देखि विद्यालयको कार्यक्रम, गतिविधि तथा जानकारीमुलक सूचना र परिक्षाको नतिजा प्रकाशनलाई समेत प्रविधिको प्रयोग गरी अघि बढाइयो । विद्यालयका प्रधानाध्यापक महेन्द्र राउत र सहप्रधानाध्यापक राजेन्द्र दवाडीसँगको आधिकारिक सहमतिमा मेरो संस्था त्रिशुली वेब सर्भिसबाट निःशुल्क रुपमा अधिकारिक वेबसाइट खडा गरिएको थियो । वेबसाईट निर्माण भएको मितिदेखि विद्यालयको सूचना तथा जानकारीलाई उक्त कम्पनीबाट निःशुल्क रुपमै अध्यावधिक गरिंदै आइरहेको छु । समयको विकाससँगै विद्यालयमा पनि प्रविधिको प्रयोग आवश्यक देखिएकोले यस विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा आफु जोडिन पाउँदा भाग्यमानी ठानेको छु ।
    विद्यालयमा २०७० सालमै एडीएसएल जोडिए तापनि पूर्ण उपयोगमा भने आएको थिएन । सरकारले २०७२ भदौदेखि देशभरका एक सय सामुदायिक विद्यालयहरूमा भी–स्याट प्रविधिका माध्यमबाट कक्षालाई अध्यापन गराउने कार्यक्रम अनुसार यस विद्यालमा पनि दुरशिक्षाको सुरुवात भएको थियो । जस अन्तर्गत कक्षा दशका अंग्रेजी, गणित र विज्ञानको साथै अन्य सबै विषयको अध्यापन गराईएको थियो । यसै कार्यक्रमबाटै विद्यालयले प्रविधी सिकाई युगमा प्रवेश गरेको थियो । सानोठिमीको स्टुडियोबाट सिधै प्रसारण र अध्यापन हुने गथ्र्यो । तर यो कार्यक्रम फलदायिक हुन सकेन । अन्ततः करिब दुई वर्षमै त्यस कार्यक्रम बन्द भयो । अहिल सामाजिक सञ्जाल युट्युबमा रेकर्ड भएको अध्ययन सामाग्रीहरू राखिने गरिएको छ । विद्यार्थीको अनुकुल समयमा ती सामाग्रीहरू हेर्ने गर्दछ ।
    विद्यालयमा ६३ थान कम्युटरसहित कम्युटर ल्याब स्थापना भइ अहिले कम्प्युटर कक्षा सञ्चालन हुदै आईरहेको छ । विद्यालयमा आवश्यकताको सूचनामार्फत् नै स्थानीय जनशक्तिहरू परिचालनमा रहेका छन् । विद्यालय परिसर र सबै कक्षाकोठाको सुरक्षा निगरानीको साथै मूल्याङ्कनको लागि ८० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । शिक्षक र विद्यार्थी नियमित र समयमानै कक्षाकोठामा प्रवेश गरे नगरेको नियमनमा समेत सिसिटिभी क्यामेराको सहयोग पुगेको छ । शिक्षकको दैनिक उपस्थितिलाई नियमित गर्न डिजिटल हाजिरीको व्यवस्था गरेको छ । विद्यालयमा डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुगेको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गर नगरकोे शैक्षिक सुधारका धेरै सूचक पूरा भएको विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले जानकारी दिनुभयो ।
    समयको पावन्दीलाई हेरेर विद्यालयमा अध्यनरत विद्यार्थीहरूको लागि सूचना प्रवाह गर्न आव २०७६ मै डिजिटल नोटिसको उपकरण जडान गरिएको थियो । जसले गर्दा कक्षाकोठामा सूचना लिएर हरेक पटक पढेर सुनाउने सूचना तथा जानकारीको प्रक्रियाको अन्त्य गरेको छ । सम्बन्धित सूचना सम्बन्धित कक्षालाई मात्र पनि दिन मिल्ने प्रविधिको सुविधा रहेको छ । विद्यालयमा ५३ जना शिक्षक कार्यरत छन् । सूचना सञ्चार तथा प्रविधिसम्बन्धी तालिम समयसमयमा सञ्चालन गरेर १३ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ ।
    अन्य शिक्षकलाई पनि आवश्यक स्रोत जुटाउने कार्य प्रक्रिया अघि बढेका छ । विद्यालयले परीक्षाको लागि प्रश्नावली बनाउने, उत्तरपुस्तिकाको चेकजाँचको अंक मिलान, शैक्षिक सहयोगी सामाग्रीहरू संकलन लागयतका कार्यहरू डिजिटल माध्यामबाट शिक्षक स्वयंले गर्ने गरेको छ । जसले गर्दा विद्यालयको शैक्षिक गुणस्तरको साथै शिक्षकको प्रविधी क्षमता र अध्यापनको आधारको उचाई बढेको छ ।
    किताबी अध्यापनको साथै अतिरिक्त अध्यापनको लागि ई–पुस्तकालय पनि छ । पुस्तकालयमा १० कम्प्युटर जडान गरिएको छ । विद्यार्थीले समय हेरेर ईन्टरनेटमार्फत् अध्ययन तथा खोज गर्ने गरेका छन् । पुस्तकालयमा ईन्टरनेट सेवाप्रदायकको सहयोग र विद्यालयको आन्तरिक व्यवस्थापनमा सामाजिक सञ्जालका वेबसाईटहरू बन्द गरिएको छ । आव २०७४/०७५ देखि विद्यालयको लेखा प्रणाली, मासिक बिल, तलब, भत्ता लगायतका सम्पूर्ण कारोबारहरूलाई एकाउन्टेन्ट सफ्टवेयरमा राख्ने गरिएको थियो । तर नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नीति तथा कार्यक्रम अन्तर्गत शिक्षा विभागको शिक्षा र मानव संसाधन विकास केन्द्रले तयार एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको प्रयोग हुदैं आईरहेको छ । देशभरका सामुदायिक र निजी विद्यालयमा अध्यनरत विद्यार्थीहरूको सम्पूर्ण जानकारी पाउन सकिन्छ । विद्यालयमा भौतिक निर्माण पूर्वाधार, फर्निचर तथा फर्निसिग सामाग्री, स्टेशनरी, मेशिनरी सामान, शैक्षिक समाग्री, खेलकुद सामाग्री, विज्ञापन लगायत विविध सामग्री खरिद विक्री गर्न चाहने संस्थाहरूको गत आर्थिक वर्षमा करचुक्ता भए नभएको समेत त्यस लेखा प्रणालीद्वारा प्रविष्टि हेर्न सकिने छ । एस.एम.एस.मार्फत् विद्यालयको सुचनालाई विद्यार्थी र अभिभावकको मोबाईलमा पु-याउने कार्य भईरहेको छ । जसले गर्दा ईन्टरनेट नहुनेको हकमा भने लाभदायी देखिएको छ ।
    विज्ञान र प्रविधिको प्रयोग गरेर शिक्षण क्रियाकलाप सञ्चालन गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ  । विद्यालयमा माध्यामित तहको व्यवस्थापन, शिक्षा संकायको साथै इन्जिनियरिङ, विज्ञानको पढाइ पनि हुन्छ । मल्टिमिडियामार्फत् अध्ययन–अध्यापन र सिकाइका कारण विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ ।
    महिनावारीको समयमा छात्रा प्रायःजसो विद्यालय उपस्थित नहुने, विभिन्न समस्याका कारण विद्यालय आउन लजाउने जस्ता विषयहरूलाई ध्यानमा राखेर छात्रालाई विद्यालयमा उपस्थित गराउन सेनेटरी प्याड र प्रविधियुक्त भेन्डिङ पनि जडान गरेको छ । विदुर नगरपालिकाले विद्यालयलाई प्याड उपलब्ध गराउने गरेको छ । प्याड झिक्नको लागि विद्यालयले नै सिक्काको व्यवस्था गरेको छ । विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्रा पनि खुसी छन् ।
    विद्यालयमा स्मार्ट बोर्डको पनि जडान गरिएको छ । आधुनिक बोर्डले स्वास्थ्य बद्र्धकको साथै प्रविधीमैत्री पठनपाठनलाई सहज गरेको छ ।
    विद्यालय प्रविधिमैत्री शिक्षामा अघि बढेको छ । विद्यालय सुधार, प्रविधिमैत्री विद्यालय निर्माणको लागि शिक्षकको क्षमता वृद्धिका लागि पछिल्लो समय कार्यक्रमलाई निरन्तता दिदैं आईरहेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच वृद्धि गर्न तथा आकर्षण बढाउनका लागि शैक्षिक कार्यक्रम बढाउन आवश्यक छ ।

No comments:

Post a Comment