धुञ्चे । रसुवामा समेत डेङ्गुका बिरामी फेला परेको छ । बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले एक जना डेङ्गुका बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए ।
समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेङ्गु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेङ्गु सार्ने लामखुट्टे बिहान सूर्यदयभन्दा अगाडि र साँझ सूर्यदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनु पर्ने बताएका छन् ।
३ बर्ष अघीनै डेगुको जोखिम जिल्लामा सम्भावित जोखिम क्षेत्र पहिचान गरिएको थियो । उत्तरगया गाउँपालिकाको खाल्टे, सल्लेटार, बेत्रावती, बोगटिटार, पैरेबेँसी, माझगाउँ र मैलुङ, कालिका गाउँपालिकाको कालिकास्थान, धारापानी, बेतिनी, जिवजिवे र धुसेनी, नौकुण्डलाई सम्भावित जोखिम क्षेत्र पहिचान गरिएको थियो । यस्तै, गाउँपालिकाको भोर्ले, सरमथली र पारच्याङ, गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, भार्खु, स्याफ्रुबेँसी र टिमुरे र आमाछोदिङ्मो गाउँपालिकाको गोल्जुङ र चिलिमेलाई संभावित जोखिम क्षेत्र पहिचान गरिएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 17, 2023
रसुवामा पनि डेङ्गुको बिरामी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment