धुञ्चे । रसुवा अस्पताल धुञ्चेमा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइएको छ । सुत्केरी व्यथा लागेर पनि सहज रूपले बच्चा जन्माउन नसकेपछि उत्तरी रसुवास्थित आमाछोदिङ्मो गाउँपालिका वडा नं. ५ टेचाङ्तेका गर्भवतीको जिल्ला अस्पतालले गएको सोमबार राती शल्यक्रिया गरेर सुत्केरी गराएको हो ।
रसुवा अस्पतालमा शल्यक्रियाका लागि ‘निक साइमन्स इन्स्टिच्युट’ नामक सँस्थाले दक्ष चिकित्सक सहित केही महत्वपूर्ण उपकरण समेत सहयोग उपलब्ध गराएसगैँ शल्यक्रिया गरेर सुत्केरी गराउन चिकित्सकलाई सहज भएको हो । सहयोगी निकाय र जिल्ला अस्पतालको अथक प्रयासबाट शल्यक्रिया मार्फत बच्चा जन्माउन सफल भइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले बताए ।
१५ बेड क्षमताको रसुवा अस्पतालमा निक साइमन्स इन्स्टिच्युट’ले शल्यक्रियाका लागि नियमित रुपमा एक जना दक्षचिकित्सक उपलब्ध गराएसगैँ अस्पताले शल्यक्रिया सेवा दिन सुरु गरेको हो । सुत्केरी बेथाले छट्पटिएको रसुवा अस्पतालले सुरु गरेको शल्यक्रिया सेवालाई नियमित बनाउने जनाएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 03, 2023
पहिलो पटक अप्रेसनबाट सुत्केरी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment