कुपोषित हुनेमा सबैभन्दा धेरै एसियाका मानिसहरू । भोकमरीको शिकार बन्नेमा दुईतिहाइ महिला र ८० प्रतिशत जलवायु परिवर्तनको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरू ।
काठमाडौँ । विश्वका १० प्रतिशत जनसंख्या अर्थात् ८२ करोड ८० लाख मानिस हरेक रात भोकै सुत्ने गरेको तथ्यांक संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसंघीय खाद्य र कृषि संगठन (एफएओ) को तथ्यांक अनुसार पछिल्लो एक वर्षमा मात्रै ४ करोड ६० लाख थप मानिसहरू भोकमरीको शिकार बनेका छन् ।
भोकमरीबाट प्रभावित भएकामध्ये दुई तिहाइ महिला छन् । साथै ८० प्रतिशत जलवायु परिवर्तनको जोखिमयुक्त क्षेत्रका मानिसहरू रहेका छन् । मे २८ मा विश्व भोकमरी दिवसको अवसरमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । लामो समयसम्म भोकमा रहँदा विशेषगरी बालबालिकामा आजीवन रुपमा मानसिक र शारीरिक स्वास्थ्य समस्या निम्त्याउने विशेषज्ञहरू बताउँछन् ।
राष्ट्रसंघीय रिपोर्ट अनुसार हालैका वर्षहरूमा भोकमरीको अवस्था झन बिग्रँदो रुपमा गहिरिएको जनाइएको छ । सन् २०१९ देखि २०२१ मा १ करोड ५० लाख कुपोषित मानिसहरूको संख्या थपिएको थियो । जसको प्रारम्भिक कारण भने द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक संकट र कोरोना महामारीलाई मानिएको छ ।
यस्तै हालको विश्वव्यापी भोकमरी र कुपोषण संकटको मात्रा अत्यधिक बढेको बताइएको छ । ३४ करोड ५० लाखभन्दा धेरै मानिसहरू मानिसहरूले २०२३ मा उच्च स्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् । जुन संख्या २०२० मा भन्दा दोब्बर बढी हो । साथै यसबीचमा खाद्यान्नको मूल्य पनि बढेको छ । साथै २०१९ देखि २०२२ को अवधिमा खाद्य मूल्य सूचकांक ९५.१ बिन्दुबाट बढेर १४३.७ बिन्दुमा पुगेको देखिएको छ । विश्वव्यापी रुपमा खाद्य वस्तुको मूल्य बढे पनि विभिन्न देशहरूमा त्यसको स्तर पनि फरक रुपमा रहेको ट्रेड एण्ड मार्केट्स डिभिजनकी अर्थशास्त्री मोनिका तोथोवाले बताएकी छन् ।
खाद्य सुरक्षा र पोषणको लागि संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदन अनुसार विश्वमा अधिकांश एसियामै रहेका मानिसहरू कुपोषित रहेको देखिएको छ ।
जहाँ २०२१ मा ४२ करोड ५० लाख मानिसहरू भोकमरीमा रहेको रिपोर्टमा देखिएको छ । तर भोकमरीको व्यापकता भने अफ्रिकी मुलुकमा रहेको रिपोर्टले जनाएको छ । जहाँ त्यस वर्ष २७ करोड ८० लाख मानि प्रभावित भनेका थिए ।
यसैबीच, २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धका कारण मुख्य अन्न, तेल र मलका ठूला विश्वव्यापी उत्पादकहरूको अन्तर्राष्ट्रिय आपूर्तिमा अवरोध निम्त्याउँदा अन्न, मल र ऊर्जाको मूल्य बढ्न पुगेको पनि रिपोर्टमा उल्लेख छ । यसवाहेक आगामी दिनमा पनि विश्वव्यापी रुपमा भोकमरीको अवस्था थप विनाशकारी रुपमा बढ्नसक्ने संकेत गरिएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 03, 2023
८२ करोड ८० लाख मानिस भोकमरीमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment