![]() |
क्षितिज श्रेष्ठ |
काठमाडौं । बागमती प्रदेश बुद्धिचाल संघद्वारा काठमाडौंमा गत साता आयोजित ‘नेसनल आर्बिटर सेमिनार’मा नुवाकोटका क्षितिज श्रेष्ठ र चन्द्रलाल तामाङले सहभागी भई सफलतापूर्वक उत्तीर्ण गरेका छन् । उनीहरू बुद्धिचाल (चेस)को आर्बिटर (निर्णायक) सेमिनारमा सहभागि हुने नुवाकोट जिल्लाकै पहिलो हुन् ।
नेपाल बुद्धिचाल महासंघले लिएको परीक्षा पनि सफलतापूर्वक उत्तीर्ण गरेकाले अब उनीहरूले नेसनल आर्बिटर (एनए) को टाइटल हासिल गर्नेछन् । महासंघको सिफारिसमा विश्व बुद्धिचाल महासंघ (फिडे) ले एनए टाइटल प्रदान गर्नेछ । यसका निम्ति प्रक्रिया सुरु भइसकेको महासंघले जनाएको छ । ६ वर्षयता पहिलोपल्ट काठमाडौंमा आयोजित सेमिनारमा विभिन्न जिल्लाका ५१ वना सहभागी थिए ।
नुवाकोट जिल्ला बुद्धिचाल संघको सिफारिसमा सेमिनारमा सहभागी श्रेष्ठले भने– ‘नेसनल आर्बिटर सेमिनारमा जिल्लाकै पहिलोपल्ट सहभागि हुँदा मलाई अवसर दिनुभएकोमा अध्यक्षलगायत संघका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिन चाहन्छ । जिल्ला संघले दिने जिम्मेवारी, जिल्लामा हुने प्रतियोगिता र चेसको विकासमा सक्रिय सहभागिताको लागि सँधै तयार रहेको छु ।’
No comments:
Post a Comment