विदुर । नुवाकोटलाई ध्वनिप्रदूषणमुक्त बनाउन प्रेसर हर्न निषेध अभियान जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको छ ।
दैनिक सवारीसाधन चेकजाँच गरेर ट्राफिकले ट्रक, बस, टिपरमा जडान भएका प्रेसर हर्न झिक्ने र पुनः नराख्न सम्झाई–बुझाई छाड्ने गरेको छ ।
ट्राफिकले जिल्लाको विभिन्न स्थानमा सवारीसाधन चेकजाँच नियमित गरेर सिटबेल्ट नभएकालाई सिटबेल्ट राख्न लगाउने, सवारीसाधनमा खुइलिएको नम्बर प्लेट परिवर्तन गरी नयाँ राख्न लगाउने, प्रेसर हर्न झिक्न लगाउने, बिलबुक र सवारी लाइसेन्सको नवीकरण गरे–नगरेको जाँच गर्ने गरेको छ । सरकारले तोकेको भाडादर र आरक्षण सिटको व्यवस्था कार्यान्वयनमा समेत ट्राफिक प्रहरी सक्रिय रहेको छ । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने गरेको सर्वसाधारणको गुनासोलाई मध्यनजर गरेर दैनिक फरक–फरक स्थानमा छड्के चेकजाँचलाई समेत निरन्तरता दिइरहेको छ ।
सुरक्षित सवारी अभियानलाई सफल पार्न सरोकारवाला निकायसँग सहयोग र सल्लाह लिएर अगाडि बढिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजीव तिवारीले बताए ।
सवारीसाधन चेकजाँचको क्रममा अनावश्यक टाँस गरिएका स्टिकर, झालरसमेत हटाउन थालेको छ । सवारीसाधनलाई कारबाही गरेर राजस्व उठाउनेभन्दा पनि सचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियान सुरु गरिएको ट्राफिक प्रमुख तिवारीले बताए । सरोकारवाला निकायसँग सहयोग र समन्वय गरेर सचेतनामूलक बोर्ड राख्ने तयारीमा ट्राफिक कार्यालय रहेको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 24, 2023
नुवाकोटमा प्रेसर हर्न निषेध
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment