![]() |
अन्तरक्रिया |
विदुर । राष्ट्रिय सूचना आयोगको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा विदुरमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
गएको सोमबार भएको कार्यक्रममा आयोगका सचिव दिवस आचार्यले सूचनाको हक र व्यवहारिक प्रयोगका बारेमा सहजिकरण गरेका थिए । नेपालमा सूचनाको हकको अभ्यास, यसका सिद्धान्तहरू, सार्वजनिक निकायको दायित्व र सूचनाको संरक्षण, सूचनाको दुरुपयोग र सूचनाको हकका सन्दर्भमा चुनौती लगायतका विषयमा जानकारी गराए ।
कार्यक्रममा आयोगका आयुक्त कमला ओली थापाले सूचनामा नागरिकको सरल र सहज पहुँच हुनुपर्नेमा जोड दिईन् । प्रमुख जिल्ला अधिकारी किरण थापाले नुवाकोटका सरकारी कार्यालयहरूले आगामी आवबाट प्रत्येक तीन/तीन महिनामा कार्यालयको गतिविधि प्रकाशन गर्न निर्देशन दिए ।
जिल्ला समन्वय समितिका प्रमुख जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, जिल्ला अधिकारी किरण थापा, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटालगायतको आतिथ्यमा भएको कार्यक्रममा जिल्ला स्थित स्थानीय र सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले सूचनाको हक सम्बन्धि नीतिलाई सरकारी निकायका पदाधिकारी र आमनागरिकले हतियारको रुपमा लिएर दुरुपयोग गरेको बताए ।
No comments:
Post a Comment