![]() |
विरुवा वितरण गर्दै उपाध्यक्ष |
कविलास । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. २ को मिश्रगाउँलाई सुन्तलाको पकेट क्षेत्र बनाइने भएको छ ।
एकिकृत सामुदायिक विकास परियोजनाको ६० प्रतिशत र किसानहरूको ४० प्रतिशत लगानीमा सुरु गरिएको सुन्तला तथा कागती रोपण कार्यमा ७९ जना स्थानीय कृषकहरू आबद्ध रहेका छन् ।
सुन्तला विशेष क्षेत्र बनाउनको लागि रुडेक नेपालको ब्यवस्थापन तथा जिएनआईको आर्थिक प्राविधिक सहयोगमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाले सहयोग गर्ने रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले बताए ।
सोही क्रममा किसानहरूले सुन्तला तथा कागती रोप्ने कामको थालनीसमेत गरिसकेका छन् ।
कार्यक्रमका लागि पञ्चकन्या गाउँपालिकाको तर्फबाट प्राविधिक सहयोग उपलब्ध गराएको छ । कार्यक्रमको शुभारम्भ पञ्चकन्या गाउँपालिकाको उपाध्यक्ष बिमला केसी र वडा नं २ का वडा अध्यक्ष रामशरण श्रेष्ठबाट गरिएको छ ।
वडा नं २ को प्राङ्गणमा र तिर्थ मिश्रको बारीमा सुन्तला रोपेर कार्यक्रमको आरम्भ गरिएको हो । यस क्षेत्र सुन्तलाका लागि राम्रो हावापानी भएको र किसान स्वयंले पनि सुन्तला खेती गरी आर्थिक लाभ लिन थालेको हुँदा बाँझो जमीनमा यसको विस्तार गर्दा अझै फाइदा लिन सकिने भएकाले सुन्तला विशेष क्षेत्र बनाउन लागिएको हो । कलमी तथा बिजु गरी सुन्तलाको करीव एक हजार आठ सय र कागतीको २५० बिरुवा रोपिने रुडेक नेपालले जनाएको छ ।
No comments:
Post a Comment