त्रिशुली । कुकुरको टोकाईपछि रेविज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेविज भ्याक्सिन नुवाकोटको सरकारी अस्पतालमा अभाव भएको छ । प्रदेशभर भूस्याहा कुकुरको विगविगी बढेसँगै प्रदेशबाट प्राप्त हुने रेविज विरुद्धको खोपको अभाव भएको हो ।
जिल्लामा तीन सातादेखि एन्टि रेविज भ्याक्सिनको अभाव भएको बताउँदै त्रिशुली अस्पतालका मेडिकल निमित्त सुपरिटेन्डेन डा. प्रतिक सिंहले रेविज विरुद्धको खोपको अभाव भएपछि विदुर नगरपालिकाको सहयोगमा एक सय भ्वाइल एक दुई दिनभित्रै जिल्ला भित्रने बताए । उनले खोपको अभाव हुँदा पहिलो डोज खोप लिएकालाई मात्र दिई नयाँ विरामीलाई अन्यन्त्र पठाउनुपर्ने बाध्यता रहेको बताए ।
त्रिशुली अस्पतालले मंगलवार अस्पतालमा गरेको अर्धवार्षिक समीक्षामा बोल्दै डा. सिंहले ५० वेडको स्वीकृत भएपनि अहिले ९० वेडको सेवा प्रदान गरिरहेको बताए । ५९ जना स्थायी दरवन्दी भएको अस्पतालमा एक सय ७२ जना कर्मचारीले सेवा प्रदान गरिरहेका छन् । अस्पतालले सिटिस्क्यान सेवा प्रदान गर्न लागेको जनाएको छ । आँखा उपचार, दन्त उपचार, सामान्य स्वास्थ्य परीक्षण, स्त्री रोग, हाडजोर्नी, मृर्गौलाका विरामीहरूका लागि डायोलोसिस सेवा, मानसिक रोगलगायतका सेवाहरू सञ्चालनमा रहेका छन् । विगत तीन वर्षदेखि लगातार देशकै उत्कृष्ठ अस्पतालको रुपमा स्थापित यस अस्पताल यो वर्ष पनि उत्कष्ठ अस्पतालको रुपमा स्थापित हुन प्रयत्नशील रहेको अस्पतालले जनाएको छ ।
अर्धवार्षिक समीक्षामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य धु्रवकुमार रावल, पत्रकार महासंघ बागमति प्रदेशका अध्यक्ष शिव देवकोटा, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितलगायतले अस्पतालको सेवा सुविधाको बारेमा जनस्तरसम्म पु¥याई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने सुझाव दिएका थिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले अस्पताल भित्र राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै पण्डितले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कसैले पनि राजनीति गर्न नहुने बताए । उनले आफु पनि राजनीतिक नियुत्ती लिएर आएको भन्दै आफुले अस्पतालमा सबै पक्षलाई मिलाएर लगेको दाबी गरे । उनले विगत केही समयदेखि त्रिशुली अस्पताल राजनीति गर्ने थलो बनेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले त्रिशुली अस्पतालमा दुई महिना मातृ शिशु कार्यक्रम बन्द हुँदा १० करोड रुपैया नुवाकोट वाहिर गएको बताए । त्यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पण्डितले त्रिशुली अस्पताल र विदुर नगरपालिका वडा नम्बर ९ को सहकार्यमा शववहान संचालन गर्न लागिएको बताए । शववाहन चलाउँदा अस्पताललाई आर्थिक भार बढी पर्ने भन्दै उनले वडासंग सहकार्य गर्न लागेको समेत जानकारी दिए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Thursday, July 13, 2023
रेविज विरुद्धको खोप अभाव
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment