![]() |
धारा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष |
दाङसिङ । तारकेश्वर गाउँपालिकाको को दुई गाउँमा रहेको ८१ घरमा पिउने पानीको सुविधा पुगेको छ । गत माघ ६ गतेदेखि सञ्चालित लिफ्टिङ पिउने पानी योजना सञ्चालन भएसँगै सर्वसाधारण गाउँवासी खुसी भएका छन् । तारकेश्वर गाउँपालिका १ लर्केप र सेलडाडामा २५ लाख रुपैयाँको लागतमा लिफ्टिङ पिउने पानी योजना सञ्चालन भएको हो ।
यसबाट ८१ घरका पाँच सय जना जनसंख्यालाई सुविधा पुगेको वडाध्यक्ष चक्रबहादुर तामाङले जानकारी दिएका छन् । निर्माण सम्पन्न भएको सो लिफ्टिङ पिउने पानी योजनाको तारकेश्वर गापाका अध्यक्ष शिव अधिकारीले उद्घाटन गरे । अध्यक्ष अधिकारीले गाउँवासीलाई पिउने पानीको सुविधा प्रदान गर्न सकिएकोमा गाउँवासीलाई बधाई दिँदै आफूले सदा पिउने पानी, शिक्षा, स्वास्थ्यमा क्रियाशीलता अपनाइरहेको बताए ।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष चक्रवहादुर तामाङ, सहयोगी संस्था लिभिङ वाटर नेपालका प्रबन्ध निर्देशक विजय गुरुङले पिउने पानीको योजना सफल हुनुमा स्थानीयवासीको सहयोग प्रभावकारी रहेको बताए । गत माघ ६ गते सम्झौता गरेर सञ्चालित सो योजनावाट तारकेश्वर १ लर्केप र सेलडाँडाका ८१ घर धुरीलाई एक घर एक धारा लिफ्टिङ खानेपानी आयोजनाको सुविधा पुगेको छ । पिउने पानीको सुविधा भएसँगै वर्षौंदेखि समस्या भोग्दै आएका सर्वसाधारण निकै खुसी भएका छन् । सो योजनालाई तारकेश्वर गापावाट व्यवस्थापन गर्न आवश्यक सहयोग गरिने जनाइएको छ ।
No comments:
Post a Comment