![]() |
बाल विकासका शिक्षक आन्दोलित |
विदुर । बाल विकासका शिक्षक स्थानीय तह विरुद्ध आन्दोलित भएका छन् ।
गएको सोमबार विदुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरू नगर कार्यपालिका अगाडी धर्ना दिएका छन् ।
नगर अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षिकाहरूले तोकिएको पारिश्रमिक उपलब्ध गराउन माग गरेपनि बजेटमा सुनुवाइ नगरेको भन्दै गएको सोमवारबाट आन्दोलित भएका हुन् । सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन नगरपालिकाले नदिने भएपछि बालविकास शिक्षिकाहरू धर्ना दिन सुरु गरेका छन् । माग पूरा नहुञ्जेलसम्म चरणबद्ध आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास नुवाकोट विदुर नगर कार्यसमितिका अध्यक्ष भगवती खनालले चेतावनी समेत दिए ।
नगरपालिकाले यस आर्थिक बर्षमा पनि केन्द्रले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार नदिएपछि विद्ययालमा बालबालिकालाई अलपत्र छाडि धर्ना बस्न बाध्य भएको उनले बताईन् । नगरमा ६० वटा सामुदायिक विद्यालयका ८२ जना बालविकासका शिक्षिकाहरू कार्यरत छन् ।
No comments:
Post a Comment