त्रिशुली । विदुर नगरपालिकाको वडा नम्बर १ त्रिशुलीमा रहेको बसपार्कलाई व्यवस्थित बनाउनको लागी यातायात व्यवसायीहरू सहमति भएका छन् । साउन १५ गतेदेखि अनिवार्य रूपमा काठमाडौंबाट आएका बसहरू त्रिशुली बसपार्कमा लैजाने विषयमा लामो दुरीका यातायात व्यवसायीहरू सहमत भएका छन् ।
विदुर नगरपालिका वडा नम्बर १ को कार्यालयले बसपार्कमा आबाश्यक पूर्वाधारको क्रमशः व्यवस्थापन गर्दै लैजाने र रात्रिकालिन अवस्थामा समेत बसपार्कमा सुरक्षा प्रदान गर्ने भएपछि व्यवसायीहरूले आफ्ना सवारीहरूको अन्तिम र सुरु गन्तव्य त्रिशुली बसपार्कलाई बनाउने भएका हुन् । काठमाडौंबाट आएका सबै सवारीहरू अनिवार्य रूपमा त्रिशुली बसपार्क पुग्ने भएका छन् । यसका साथै, त्रिशुली बसपार्कबाट स्थानीय रूपमा चल्ने सवारीहरू त्रिशुली अस्पताल हुँदै घुमेर बट्टार तर्फ जाने रुट तय गरेको छ ।
जसले गर्दा ढुङ्गेमा हुँदै आएको सवारी चाप समेत घट्ने भएको छ । रसुवाबाट आएका र रसुवा जाने सवारीहरू लामो समय सम्म ढुङ्गेमा रोकिदा सवारी र यात्रुहरूमा जोखिम रहँदै आएको थियो । त्यसलाई समाधान गर्न वडा कार्यालयले ढुङ्गे भन्दा केही माथि बस पार्क गर्नको लागी अस्थायी केन्द्रको स्थापना गर्ने भएको छ । ढुङ्गेमा यात्रुहरू ओराल्ने र चढाउने मात्रै गरेर रोकिने बस ढुङ्गे माथिे खाली स्थानमा राखिने भएको छ ।
सवारी सुरक्षाको लागी वडा कार्यालयले ढुङ्गे माथि चौडा रहेको सडक किनाराको व्यवस्थापन गर्ने र रातिको लागी समेत राख्न मिल्ने गरी बिजुलीको व्यवस्थापन गर्ने भएको हो ।
यातायात ब्यबसायिहरू सँग छलफल गर्दै विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रञ्जितले वडा नम्बर १ मा सडक सुरक्षाको लागी कुनै कसुर बाँकी नराख्ने बताउँदै यातायात ब्यबसायिहरू लाई निर्देशन समेत दिएका छन् । ब्यवसायीहरूको र बसपार्कको व्यवस्थापनमा वडा कार्यालयले सहजीकरण गर्ने बताउँदै उनले यात्रुहरूको सहजताको लागी सवारीको सुरु बिन्दुबाट अन्तिम गन्तव्य सम्म अनिवार्य लैजानु पर्ने बताए । अधिकांश यात्रुबाहक सवारीहरूले काठमाडौंबाट त्रिशुलीका यात्रुहरू बोकेर ढुङ्गेमै छाड्ने गरेको गुनासो आएपछि वडा अध्यक्ष रञ्जितले यातायात ब्यबसायीहरूलाई निर्देशन दिएका हुन् ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 17, 2023
बसहरू त्रिशुली बसपार्क पुग्नै पर्ने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment