विदुर । माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्बको २५ प्रतिशतले हुन आउने २५ लाख कित्ता आईपीओ बिक्री गर्ने लागेको छ ।
जसमध्ये आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वा नं. १ मा वस्ने बासिन्दालाई ५ लाख ७१ हजार ४३० कित्ता, आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २,३,४ र ५ मा बस्ने बासिन्दा र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नंं. ५ मा बस्ने बासिन्दाहरूलाई २ लाख ८५ हजार ७२० कित्ता शेयर छुट्ट्याइएको छ ।
त्यसै गरी रसुवा जिल्लाको अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूलाई १ लाख ४२ हजार ८५० कित्ता गरी जम्मा १० लाख कित्ता शेयर निष्काशन भएको छ । सर्वसाधारणका लागि छुट्याइएको १५ लाख कित्ता सेयरको १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि निष्काशन गर्नेछ ।
यस आईपीओमा दुवै समूहले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
स्थानीयले आयोजना स्थल, सानिमा क्यापिटलको कार्यालय, सानिमा बैंक विदुर र किस्पाङ शाखा, नुवाकोट, एनएमबि बैंक धुन्चे रसुवा शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत शेयर खरिद आवेदन दिन सक्नेछन् । स्थानीयका लागि जारी आईपीओको निष्काशन बन्द छिटोमा साउन १८ गते र ढिलोमा साउन भदौ १ गते बैंकिङ समयपछि हुनेछ ।
तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन १८ गतेसम्म आवेदन दिन पाउनेछन् ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 24, 2023
माथिल्लो मैलुङको आइपिओ जारी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment