![]() |
हरिजंग पाण्डे |
भोलाराज पौडेल
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ मा जन्मिएका लोकदोहोरी गायक हरिजंग पाण्डे दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाउन संघर्षरत छन् ।
राष्ट्रियस्तरका थुप्रै कलाकार जन्माइसकेको नुवाकोटमा उनी स्थापित कलाकार बन्ने तरखरमा छन् । नुवाकोटका कलाकारहरूको अग्रपंक्तिमा हरि स्थापित हुँदै अघि बढ्दै छन् । सानैदेखि गीतसंगीतमा रुची राख्ने हरि विदुरकै पृथ्वी निम्न माध्यमिक विद्यालयमा ५ कक्षा पढ्ने बेलादेखि नै विभिन्न प्रतियोगिताहरूमा सहभागी हुन्थेँ । सायद नुवाकोटमा संगीत सिक्ने राम्रो ठाउँ कतै भइदिएको भए हरिले राम्रोसँग प्रशिक्षण र अध्ययन गरेरै यो क्षेत्रमा अझै उचाईमा पुग्थेँ होला । ‘नुवाकोटमा संगीत सिक्ने ठाउँ थिएन, उनी भन्छन्– ‘यदि सुरुदेखि नै सिक्न पाएको भए मेरो जीवनमा ठूलै परिवर्तन आइसक्थ्यो ।’’
३३ वर्षिय हरि १५ वर्षदेखि लोकदोहोरीमा जुटेका छन् । नेपाल टेलिभिजनमा रामप्रसाद खनालको लाइभ दोहोरी कार्यक्रम हरेक विहीवार प्रशारण हुन्थ्यो । उनी यो कार्यक्रमको नियमित स्रोता थिए । यही कार्यक्रम हरेर नै उनी लोकगीत, संगीतप्रति आकर्षित हुन पुगेँ । विद्यालयको कार्यक्रममा सहभागी भएर आफूले जानेको लोकदोहोरी कार्यक्रममा भाग लिने उनको रुची थियो । यही रुचीका कारणले सानै उमेरदेखि हरि लोकदोहोरीमा जम्दै गएका बछन् ।
माध्यमिकस्तरको पढाई सकेपछि पनि उनी क्याम्पसमा भएका विभिन्न कार्यक्रमहरूमा पनि गीत गाउन जाने गर्दथेँ । जिल्लामा ‘रेडियो त्रिशूली’ सञ्चालनमा आएपछि उनी त्यो रेडियोमा सन्तोषी केसीसँग मिलेर दोहोरी गाउन थाले । यसपछि भने उनलाई नुवाकोटमा लोकदोहारीमा हरिजंगको रुपमा स्थापित गरायो । रेडियो त्रिशूलीसहित रेडियो जालपामा पनि उनले यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गर्दथेँ ।
हरिले युवा बर्गलाई लक्षित गरेर ०७३ सालमा ‘आइलभयु’ नामक एल्वम बजारमा ल्याएँ । यो युवा बर्गलाई लक्षित गरेर ल्याइएको गिती एल्बम थियो । त्यतिबेलाका चर्चित गायिका पार्वती कार्कीसँगको स्वरमा निकाले पनि यसले राम्रो बजार लिन सकेन । यसको निर्देशकमा अहिलेका चर्चित निर्देशक संगम थापा थिए । तादी गाउँपालिकाको रालुकादेवी घर भएका संगमकै कारण पनि हरिलाई लोकदोहोरीमा लामो समय टिकिराख्न मद्दत पुगेको छ । थापाको अहिलेको सेतोसेतो कमेरो माटो बोलको गीत अहिले चर्चित छ ।
मेला महोत्सव तथा विद्यालयहरूको वार्षिकोत्सवहरूमा पुगेर पनि दोहोरी गीत गाउने हरिले विस्तारै गीत गाएवापतको पारिश्रमिक पनि पाउन थाले । उनले दोस्रो एल्बम ‘फूरफूर’ भन्ने बजारमा ल्याएँ । यो गीतमा पनि नुवाकोटकै मोडलहरू थिए । गंगा ठकुरी र उनको स्वरमा अनि संगम थापाकै निर्देशनमा यो गीत ०७४÷०७५ सालतिर बजारमा आयो । दोस्रो एल्वम आएपछि दोहोरी प्रतियोगिता, मेला महोत्सवहरूमा दोहोरी कलाकारहरू संयोजन गराउने कामको जिम्मा पनि हरिले पाउन थाले । उनले केही समय राष्ट्रि«य लोकदोहोरी प्रतिष्ठानको जिल्ला सचिव भएर पनि काम गरेँ । सचिव भएपछि राष्ट्रियस्तरका कलाकारसँग अझै नजिक हुने मौका मिलेको हरि बताउँछन् ।
‘हिमाल पारी भोट’ भन्ने गीत संगम थापाकै निर्देशनमा गंगा ठकुरीको सहकार्यमा सिन्धुपाल्चोक र नुवाकोटवीचको प्रेमकथामा आधारित रहेर गाएको गीतले राम्रो बजार लियो । गीत गाउने मात्र होइन हरिले दुई वटा गीतमा मोडलिङ पनि गरेका छन् । निलकमल र तुलसी मष्ठ बोलको गीतमा मोडलिङ गरेको उनी बताउँछन् । फेरि पनि उनी अर्को एल्वमको तयारीमा छन् । नुवाकोटे ज्वाइँराजा बोलको गीतको सबै तयारी पूरा भइसकेको छ । अव बजारमा आउन बाँकी रहेको हरि बताउँछन् ।
हरि बीमा संस्थान नुवाकोट शाखामा कार्यरत रहँदा जागिरको पैसा खर्च गरेर भएपनि गीतसंगीतको क्षेत्रमा पैसा खर्च गर्दथ्येँ । ‘लोकसंस्कृतिको जर्गेना गर्नको लागि मैले जागिरबाट पैसा बचाएर पनि एल्वम निकाल्ने काममा खर्च गरेको छु । फेरी अर्को गीतको तयारीमा छु । आफ्नै शब्द र लयमा रहेको अहिले म्युजिक भिडियोको तयारीमा रहेको गीत पानी घट्ट हो । यसको बाघमारा र विदुरको गंगटे पार्कमा पुगेर यो गीतको सुटिङ गरेका हौँ ।’– हरि भन्छन् ।
कलाकारितामा लागेर आफूले हरिजंग भनेर नुवाकोट भन्दा बाहिरका लागि चिनाउने मौका उनले पाएका छन् । हरि भन्छन् – ‘आफूलाई आत्मसन्तुष्टि हुने र आफूसँग भएका कला अरुलाई देखाएर धेरैलाई एकै छिन भएपनि मनोरञ्जन दिलाउन सकेकोमा म खुसी छु ।’ कलाकारिता क्षेत्रमा उनको गुनासो पनि छ । काठमाडौंबाट आउने सबै राष्ट्रिय कलाकार हुने, ठूलो कलाकार, राम्रो गीत गाउन सक्ने भनेर चित्रण गर्ने तर, जिल्लामै स्थापित कलाकार कहिलेकाँही हेपिने र चेपिने गरेको तितो अनुभव पनि उनीसँग छ ।
‘काठमाडौंबाट आउने सबै राम्रा हुँदैनन, नुवाकोटमा गीत गाउनेहरू पनि कम छैनन् । उनी भन्छन्– आफ्नै जिल्लाको हरेक कलाकारको प्रोत्साहनको लागि हामीले सदैव सहयोग गर्न‘पर्छ जस्तो लाग्छ ।’ विशेषगरी मेला महोत्सवहरूमा काठमाडौंबाट आउनेलाई राष्ट्रिय कलाकार भनेर जिल्लामा बस्ने कलाकारलाई विभेद गर्ने गरिएको उनी बताउँछन् ।
कलाकारिता क्षेत्रमा लाग्नको लागि आफूलाई माया गर्ने श्रोता, दर्शक तथा शुभचिन्तकहरू तथा सबैले गीत राम्रो छ, स्वर ठीक छ भनेर मलाई हौसला दिएको पनि आफू यो पेशामा निरन्तरता दिन सकेको उनी बताउँछन् । कार्यक्रमहरूमा पुग्दा सबैले हौसला नदिएको भए सायद म यो स्थानमा रहने थिइन होला । हरि भन्छन् – ‘यसको श्रेय म सम्पूर्ण स्रोता, दर्शक, शुभचिन्तनहरूमा दिन चाहन्छु ।’ –यो समडय डटकमबाट
No comments:
Post a Comment