Monday, July 24, 2023

सुर्यगढीको आफ्नै एम्बुलेन्स

 सुर्यगढीको आफ्नै एम्बुलेन्स

चोकदे । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आफ्नै एम्बुलेन्सबाट जनतालाई सेवा दिने भएको छ । गाउँपालिकाले ठेक्का प्रक्रियाबाट एम्बुलेन्स खरिद गरि सेवा दिन थालेको हो ।
    नेपाल सरकारबाट राजश्व छुट भएको सो एम्बुलेन्सको सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घले तामाङले जानकारी दिएका छन् । गएको आईतवार गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङले एम्बुलेन्स प्राप्त भएसँगै पालिकाले आवश्यक मापदण्ड पुरा गरेर सेवा सञ्चालन गरिएको जानकारी दिए । नागरिकलाई सेवा दिन एम्बुलेन्स खरिद गरी ल्याएको अध्यक्ष घलेले बताए । उनले गाउँपालिका भित्रका नागरिक बिरामी हुँदा नियमित सेवा दिने समेत जानकारी दिए । ‘जनतालाई दुःख थियो । कोही बिरामी भए सदरमुकाम विदुरबाट एम्बुलेन्स झिकाउनुपथ्र्यो’, उनले भने, ‘अब गाउँपालिकामै एम्बुलेन्स सुविधा उपलब्ध हुनेछ ।’ यसअघि गाउँपालिकामा एम्बुलेन्स नहुँदा अध्यक्ष घलेले अघिल्लो कार्यकालमा आफ्नो गाडीलाई विरामी बोक्ने तथा आफु स्कुटर हिड्थ्ये । सुर्यगढी गाउँपालिकामा एम्बुलेन्स आइपुगेको भन्दै स्थानीयहरूले समेत खुशी व्यक्त गरेका छन् ।

No comments:

Post a Comment