चोकदे । सुर्यगढी गाउँपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि शिक्षकबाट नै सुरु गरेको छ । आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले छोरा छोरीलाई निजी विद्यालयमा पढाउन नपाउने नियमलाई कडाईकासाथ कार्यान्वयनमा ल्याएको छ ।
यस्तै जनप्रतिनिधिहरूले पनि सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा छोरा छोरी नपढाउने शिक्षकको तलब समेत रोक्का गरेको छ । निजी विद्यालयमा पढाउने केही शिक्षकको तलब रोक्का गरेको गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा नै पढाउने प्रतिवद्धता जनाएपछि तलब भुक्तानी गरेको थियो । अन्य शिक्षकहरूलाई पनि प्रतिवद्धता जनाउँदै तलब दिएको छ ।
गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले सामुदायिक विद्यालयको स्तरलाई बढाउन र अन्य सर्वसाधारणलाई पनि सरकारी विद्यालयका शिक्षकले पनि आफूले पढाउने विद्यालयमा नै छोराछोरी पढाएका छन् भन्ने सन्देश जाने हुनाले यस्तो निर्णय गरिएको बताए । उनले आगामी वर्षदेखि यसलाई कडाईकासाथ लागू गरिने पनि जानकारी दिए । सुर्यगढी गाउँपालिकामा झण्डै तीन दर्जन विद्यालय छन् । पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोरा छोरीलाई निजी विद्यालयमा पढाएको विषयमा देशभरबाटै सरकारी शिक्षकको आलोचना हुने गरेको छ ।
सामुदायिक विद्यालयका शिक्षकहरूले भने यसमा असहमती जनाएका छन् । कतिपयले आफ्ना छोराछोरीलाई समय परिस्थिति अनुसार उनीहरूको रोजाइको ठाउँमा पढाउन पाउनुपर्ने समेत बताएका छन् । गाउँघरमा पढ्ने उमेर समूहका बालबालिकाहरू नबस्ने अवस्थाका कारण धेरै विद्यालयहरू बन्द हुने अवस्थामा पुगेका छन् । सञ्चालनमा रहेका र नाम चलेका भनिएका विद्यालयहरूमा पनि विद्यार्थीको संख्या भने अत्यन्त न्युन रहेको छ । अर्कोतर्फ पुराना र तालिम नभएका, उमेर पाकेका शिक्षकहरू भएकाले पनि सामुदायिक विद्यालयको पढाई निजीको तुलनामा कमजोर देखिदै आएको छ । सुर्यगढीको यो निर्णयले सामुदायिक विद्यालयको सुधारमा थोरै भने पनि सहयोग पुग्ने सरोकारवालाहरूले बताएका छन् ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 17, 2023
शिक्षकका सन्तान बोडिङ पढ्न नपाउने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment